आफ्नै गाडीले च्यापेर चालकको मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १४ गते ४:४४ मा प्रकाशित

प्युठान, १४ मंसिर– आफ्नै गाडीले च्याप्दा एक चालकको मृत्यु भएको छ ।

बाँदीकोट–५ स्थित काँसीपोखरा भन्ने ठाउँमा आफैंले चलाउने गाडीले च्याप्दा चालक राजु चन्दको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

गाडीले च्याप्दा घाइते भएका गुल्मी अल्गुङ घर भएका अन्दाजी २६ वर्षीय चन्दलाई लु १ ज २०८३ नं को जिपले च्यापी घाइते भएकामा उपचारका लागि प्युठान अस्पताल ल्याउँदै गर्दा बाटैमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

चलिरहेको गाडीमा एक्कासि समस्या आउँदा यात्रुलाई ओराली टायर हेर्ने क्रममा चन्दलाई जिपले च्यापेको थियो । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us