समाचार

प्रचण्ड गठबन्धनको बैठकमा सरकारको प्रशंसा !

२०७१ मंसिर १३ गते १०:०८

काठमाण्डु, १३ मंसिर– एकीकृत नेकपा माओवादी नेतृत्ववको संघीय लोकतान्त्रिक गठन्धनले काठमाण्डुमा हालै सम्पन्न १८ औं सार्क सम्मेलन सफल भएको ठहर गरेको छ । एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको गठबन्धन बैठकले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको हो । बैठकले सार्क सम्मेलनको कुशल...

जिल्ला शिक्षाका सब–इन्जिनियरले गरे १४ वर्षीया बालिका बलात्कार

२०७१ मंसिर १३ गते ९:५५

नुवाकोट, १३ मंसिर– जिल्ला शिक्षा कार्यालय नुवाकोटका सब–इन्जिनियर राजाराम यादवमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ । यादवमाथि गत कात्तिक २ गते बट्टारस्थित एक होटलमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेको हो । उनीविरुद्ध जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । यसैबीच जिल्ला शिक्षा...

आफन्तले नै बेच्छन् चेलीबेटी

२०७१ मंसिर १३ गते ९:४०

नुवाकोट, १३ मंसिर– नुवाकोट जिल्लाबाट हुँदै आएको महिला बिक्रीका घटनामा आफन्तहरुकै संलग्नता रहने गरेको पाइएको छ । महिला बिक्रीमा तामाङ समुदाय र दलित समुदायका महिला प्रायः पर्दै आएका छन् । महिला बिक्रीमा ८० प्रतिशत घरपरिवार र आफन्तको संलग्नता रहने गरेको महिला अधिकारको क्षेत्रमा काम...

विप्लवले सम्बन्ध विच्छेद गरेपछि प्रचण्डसँग मिल्ने वैद्यको तयारी

२०७१ मंसिर १३ गते ९:००

काठमाण्डु, १३ मंसिर– नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले एकीकृत माओवादीसँग पार्टी एकता प्रक्रिया नजिक पुगेको बताएका छन् । उनले एकताका लागि आफूहरुले बुझाएको ६ बुँदे प्रस्तावका ५ बुँदामा एमाओवादी सहमत भइसकेको र बाँकी एक बुँदामा सहमति भएपछि पार्टी एकता हुने बताए । ‘हामीले...

वैद्यले बुद्धनगरबाट विप्लवलाई सम्झाए, ‘एक्लेवीरले क्रान्ति हुँदैन’

२०७१ मंसिर १३ गते ८:४६

काठमाण्डु, १३ मंसिर– नेकपा–माओवादी अध्यक्ष मोहन वैद्य ‘किरण’ ले पार्टी सम्बन्ध बिच्छेदको पत्र बुझाएर पार्टी छाडेका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले क्रान्तिको नेतृत्व गर्न नसक्ने बताएका छन् । विस्तारित केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न पार्टी मुख्यालय बुद्धनगरमा शनिबार भएको पत्रकार सम्मेलनमा अध्यक्ष वैद्यले विप्लवलाई...

विदेशी शिकारीले ढोरपाटनमा मारे १३ नाउर र सात झारल

२०७१ मंसिर १३ गते ८:०२

बागलुङ, १३ मंसिर– मुलुकको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा पहिलो मौसममा सिकारीहरुले १३ नाउर र सात झारलको सिकार गरेका छन् । सिकारको पहिलो मौसममा छ देशका सिकारीहरु अनुमति लिएर सिकार आरक्षमा पुगेका थिए । आरक्षका विभिन्न ब्लकमा अमेरिका, रुस, जर्मन, साउथ अफ्रिका, ल्याटभिया...

कस्ता छन् नेत्रविक्रम चन्द ?

२०७१ मंसिर १३ गते ७:५०

घटना ०५१ सालको हो । नेकपा एकता केन्द्रका बहुमत केन्द्रीय सदस्यले १६-२१ जेठ ०५१ मा चितवनमा प्रथम राष्ट्रिय सम्मेलन गरी निर्मल लामा, अमिक शेरचनहरूलाई कारबाही घोषणा गरे । यसपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको यो समूहले  ‘जनयुद्ध’ थाल्ने भन्दै आर्थिक संकलन तथा केन्द्रीय सदस्यहरूको...

पुनर्वास नगरपालिकामा दलका कार्यकर्तालाई तालिम

२०७१ मंसिर १३ गते ७:१९

कञ्चनपुर, १३  मंसिर– स्थानीय निकायका सरोकारवालालाई योजना छनोट तथा तर्जुमाका बारेमा क्षमता वृद्धिका लागि आयोजित तीनदिने कार्यक्रम पुनर्वास नगरपालिकाको त्रिभुवन बस्तीमा शनिबार सम्पन्न भएको छ । स्थानीय विकास मन्त्रालयको स्थानीय निकाय विकास परिषद्द्वारा तालिमको आयोजना गरिएको थियो । पुनर्वास नगरपालिकामा रहेका राजनीतिक दलका प्रतिनिधि,...

भाडाका अपराधी लगाएर पत्रकारको हात छिनाइयो

२०७१ मंसिर १३ गते ७:१८

चितवन, १३ मंसिर– नेपाल पत्रकार महासंघले चितवनका पत्रकार नारायण अधिकारीमाथि भएको आक्रमण गम्भीर प्रकृतिको अपराध भएको ठहर गरेको छ । वरिष्ठ उपाध्यक्ष खिलबहादुर भण्डारी नेतृत्वको मिसन टोलीले घटनाको अध्ययनपछि उक्त निष्कर्ष निकालेको हो । स्थानीय प्रशासन र सुरक्षा निकायसँगको छलफलपछि घटना लरतरो आपराधिक गतिविधि...

स्कुलमै फाइट खेल्ने शिक्षक हटाउन माग गर्दै विद्यार्थीको ताला

२०७१ मंसिर १३ गते ७:१४

इलाम, १३ मंसिर– सूर्याेदय नगरपालिकास्थित गणेश्वरी माविमा प्रधानाध्यापक र पूर्वप्रधानाध्यापकबीच विवाद बढेपछि उनीहरूलाई हटाउन माग गर्दै शुक्रबारदेखि विद्यार्थीले विद्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । पूर्व प्रधानाध्यापक जीतबहादुर राई र वर्तमान प्रअ मनोज शाहबीच हात हालाहाल भएपछि विद्यार्थीले उनीहरूलाई नहटाउञ्जेल तालाबन्दी गर्ने जनाएका छन् ।...

कैलालीमा बस खस्दा ११ को मृत्यु, २९ घाइते (अपडेट)

२०७१ मंसिर १३ गते ५:५७

कैलाली, १३ मंसिर– भीमदत्त राजमार्गअन्तर्गत कैलालीको सहजपुर–२ स्थित धातुभीरमा यात्रुबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । अरु २५ जना घाइते छन् । डोटीको दिपायलबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ५ ख ५४ २० नम्बरको बस राति १ बजेतिर सडकबाट करिब ५ सय...

नेपाली युवती बेच्न खोज्ने भारतीय पक्राउ

२०७१ मंसिर १३ गते ५:५०

विराटनगर, १३ मंसिर-नेपाली युवतीलाई भारतीय कोठीमा लगेर बेच्न खोज्ने भारतीय नागरिक जोगबनी नाकाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बंगालका २८ वर्षीय इनाम हुसेन छन् । इलाका प्रहरी कार्यालय रानीका निरीक्षक ओमप्रकाश खनालका अनुसार हुसेनले मोरङ लेटाङकी एक युवतीलाई ५० हजार रुपैयाँमा बेच्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us