नेपाली युवती बेच्न खोज्ने भारतीय पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ५:५० मा प्रकाशित

pakrauविराटनगर, १३ मंसिर-नेपाली युवतीलाई भारतीय कोठीमा लगेर बेच्न खोज्ने भारतीय नागरिक जोगबनी नाकाबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बंगालका २८ वर्षीय इनाम हुसेन छन् । इलाका प्रहरी कार्यालय रानीका निरीक्षक ओमप्रकाश खनालका अनुसार हुसेनले मोरङ लेटाङकी एक युवतीलाई ५० हजार रुपैयाँमा बेच्ने तयारी गरेका थिए ।
बेच्न लान लागेको शंका लागेपछि केआई नेपाल नामक संस्थाका स्वयम् सेवकले हुसेनसहित युवतीलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

जोगवानी जाने क्रममा शंका लागेपछि केआई नेपाल नामक संस्थाको सहयोगमा हुसेनलाई प्हरीले पक्राउ गर्न सफल भएको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us