पुनर्वास नगरपालिकामा दलका कार्यकर्तालाई तालिम

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ७:१९ मा प्रकाशित

कञ्चनपुर, १३  मंसिर– स्थानीय निकायका सरोकारवालालाई योजना छनोट तथा तर्जुमाका बारेमा क्षमता वृद्धिका लागि आयोजित तीनदिने कार्यक्रम पुनर्वास नगरपालिकाको त्रिभुवन बस्तीमा शनिबार सम्पन्न भएको छ ।

स्थानीय विकास मन्त्रालयको स्थानीय निकाय विकास परिषद्द्वारा तालिमको आयोजना गरिएको थियो ।

पुनर्वास नगरपालिकामा रहेका राजनीतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि र महिला समूहका गरी ३० जना प्रतिनिधिलाई क्षमता अभिवृद्धिका लागि तालिम दिइएको थियो ।

पुनर्वासमा पहिलोपटक आयोजित कार्यक्रमले नगरपालिकाका विभिन्न वडामा योजना छनोट र तर्जुमा गर्न मद्दत पुग्ने बताइएको छ ।

तालिममा अम्बादत्त भट्ट र मोहन साउदले सहजीकरण गर्नुभएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us