प्रचण्ड गठबन्धनको बैठकमा सरकारको प्रशंसा !

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते १०:०८ मा प्रकाशित

काठमाण्डु, १३ मंसिर– एकीकृत नेकपा माओवादी नेतृत्ववको संघीय लोकतान्त्रिक गठन्धनले काठमाण्डुमा हालै सम्पन्न prachanda-sushil१८ औं सार्क सम्मेलन सफल भएको ठहर गरेको छ ।

एमाओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको गठबन्धन बैठकले सम्मेलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको हो ।

बैठकले सार्क सम्मेलनको कुशल व्यवस्थापन गरेको भन्दै सरकारको सराहना समेत गरेको सदभावना अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए ।
आफूहरु प्रतिपक्षमा रहेर पनि सार्क सम्मेलन सफल पार्न सहयोग गरेको महतोले बताए ।

उनका अनुसार बैठकले सार्क सचिवालयलाई प्रभावकारी बनाउन र सम्मेलनबाट भएका निर्णय कार्यान्वन गर्न सम्वद्ध पक्षको ध्यानाकर्षण गराएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us