नुवाकोट, १३ मंसिर– जिल्ला शिक्षा कार्यालय नुवाकोटका सब–इन्जिनियर राजाराम यादवमाथि बालिका बलात्कार गरेको आरोप लागेको छ ।
यादवमाथि गत कात्तिक २ गते बट्टारस्थित एक होटलमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोप लागेको हो ।
उनीविरुद्ध जिल्ला अदालतमा मुद्धा चलिरहेको छ । यसैबीच जिल्ला शिक्षा कार्यालयले यादवलाई सेवाबाट हटाउने भएको छ । उनी करारमा कार्यरत थिए ।
जिल्ला शिक्षा कार्यालयका सूचना अधिकृत सुकदेव नेपालले यादवको पछिल्लो करार अवधि गत १ मंसिरमा सकिएको भन्दै अब म्याद नथपिने जानकारी दिए ।
अभियोग पुष्टि भए यादवलाई १२ वर्षसम्म कैद सजाय हुनेछ ।