गढीमाइमा बलि चढाइएका राँगा दलितले लुटे

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते १४:१३ मा प्रकाशित

gadhi mai baliबारा, १३ मंसिर– बाराको गढीमाई मेलामा बलि चढाइएका रागाँ स्थानीय दलित समुदायले लुटेर घरघरमा लगेका छन् ।
दलित समुदायले शुक्रबार बलि चढायएका सबै राँगा राति लुटेर लगेका हुन् ।

राँगा एक करोड ६० लाखमा ठेक्का लगाइएको थियो । ठेकेदारले उठाउने तयारी गरिरहेका बेला सयौंको संख्यामा गएका दलितले राँग लुटेर लगेको प्रहरीले जनाएको छ ।

शुक्रबार गढीमाईमा करिब पाँच हजारको संख्यामा राँगा र पाडा बलि दिइएको थियो । राँगा लुट्न आएका दलित र प्रहरीबीच केहीबेर झडपसमेत भएको थियो ।

राँगा लुट्न आएका दलितले ढुंगामुढा गरेपछि दुई सयको संख्यामा रहेका प्रहरी पछि हटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us