काठमाण्डु, १३ मंसिर– रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमला बिरामी भएका छन् ।
अस्वस्थ भएपछि धमला उपचारका लागि राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् ।
केही दिनदेखि खुट्टाको दुखाईबाटबाट पीडित धमलालाई ज्वरो समेत आएपछि शनिबार अपरान्ह अस्पताल भर्ना गरिएको हो ।
ऋषिलाई आकस्मिक कक्षमा भर्ना गरेर विशेषज्ञ चिकित्सकको सुझावमा उपचार गराइएको उनका दाजु शम्भु धमलाले बताए ।