ललितपुर, १३ मंसिर– नेपाल पत्रकार महासंघ ललितपुर शाखाले बागमति सरसफाई अभियानमा सहभागिता जनाएको छ ।
बागमति नदी र यस वरपरको सभ्यता बचाउनु सबै नेपालीको कर्तब्य भएकोले बागमति सरसफाई अभियानमा सहभागी भएको महासंघ ललितपुरका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।
महासंघ ललितपुरबाट शनिबारको बागमति सफाइ अभियानमा १० जना पत्रकार सहभागी थिए । महासंघले अघिल्लो हप्ताबाट बागमति सरसफाइ अभियानमा सहभागिता जनाएको थियो ।
८१ औं हप्ताको बागमति सफाइ अभियान शनिबार टेकु दोभानबाट सुरु भएको थियो ।
सरसफाइ अभियानको नेतृत्व गरेका मुख्यसचिव लिलामणि पौडेलले ‘जनतामा हामीले नगरे कसले गर्छ ?’ भन्ने भावना जगाएर मात्र बागमति स्वच्छ हुन सक्ने बताए ।
नदी सफाइमा उच्च सरकारी अधिककारीसहित नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र सामाजिक संघसस्थाका प्रतिनिधिको समेत सहभागिता थियो ।