काँग्रेससँगको सहकार्य माघ ८ सम्म: एमाले सचिव

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते १५:०९ मा प्रकाशित

yogeshकैलाली, १३ मंसिर– एमाले सचिव योगेश भट्टराईले नेपाली काँग्रेससँग आफूहरुको सहकार्य माघ ८ गतेसम्मका लागि मात्र भएको भएको बताएका छन् ।

प्रेस चौतारी कैलाली शाखाको आइतबार धनगढीमा हुन लागेको जिल्ला सम्मेलनको उद्घाटन गर्न आज यहाँ आएका भट्टराईले माघ ८ गते संविधान जारी नभए काँग्रेससँगको सहकार्य तोडिने बताए ।

‘एमालेले काँग्रेससँग संविधान बनाउनका लागि मात्रै सहकार्य गरेको हो’, भट्टराईले भने, ‘माघ ८ गते संविधान जारी भएन भने सम्बन्ध टुट्छ ।’

कार्यक्रममा प्रेस चौतारी अध्यक्ष राजेन्द्र अर्यालले पार्टी र नेतृत्व सहमतिमा चल्नुपर्ने सुझाउँदै संविधान निर्माणमा जोड दिए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us