दुई हप्ता अमेरिका घुमेर आएपछि रामचन्द्रले भने, ‘बाबुरामले हलो अड्काएर गोरु चुटे’

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते ११:१० मा प्रकाशित

ramchandra paudelकाठमाण्डु, १३ मंसिर– काँग्रेस उपसभापति रामचन्द्र पौडेलले संवैधानिक–राजनीतिक तथा संवाद समिति सभापति बाबुराम भट्टराईका कारण संविधान निर्माण प्रक्रिया धरापमा परेको आरोप लगाएका छन् ।

झण्डै दुई साता लामो अमेरिका भ्रमण सकाएर स्वदेश फर्कने क्रममा अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग पौडेलले सहमतिका नाममा समय खेर फाल्न नसकिने बताए ।

सभापति भट्टराईले ‘हलो अड्काएर गोरु चुट्ने’ काम गरेको भन्दै उनले एमालेसँग मिलेर आफूहरुले अघि सारेको साझा अवधारणा संविधानसभाको पूर्ण बैठकमा लैजान माग गरे ।

उनले भट्टराई र एमाओवादी सहमतिका नाममा संविधान नबनाउने खेलमा लागेको आरोप लगाए ।

‘संवाद समितिमा प्रस्ताव अड्काएर राख्नु भनेको हलो अड्काएर गोरु चुट्नुजस्तै हो’ ‘पौडेलले भने सहमतिका नाममा यसो गर्न पाइँदैन ।’

नेता मिलेर मात्र संविधान निर्माणको कामलाई अड्काउन नहुने धारणा राख्दै उनले लोकतन्त्रलाई सहजरुपमा अघि बढ्न नदिने खेल भइरहेको आरोप लगाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us