किरिया घरमा सुत्न गएका डगौराको रहस्यमय मृत्यु

काठमाण्डु टुडे २०७१ मंसिर १३ गते १४:२७ मा प्रकाशित

कञ्चनपुर, १३ मंसिर– कञ्चनपुरको पिपलाडी गाविस–४ लक्ष्मीपुरका ५२ वर्षीय मोहन डगौराको किरिया घरमा सुतेको अवस्थामा रहस्यमय तरिकाले मृत्यु भएको छ ।

घरनजिकै छोरीको घरमा सुत्न गएका डगौरा शनिबार मृत अवस्थामा फेला परेका हुन् ।

छोरी रत्ना डगौराको सासुको तीन दिनअघि मृत्यु भएकामा किरियापुत्रीलाई सघाउ पु¥याउनका लागि मोहन छोरीको घर गएका थिए ।
शुक्रबार मध्यराति शौच गरेर सुतेका उनी बिहान मृत अवस्थामा फेला पारेका हुन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us