भट्टराईले बोलाए संवैधानिक समिति बैठक

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते १३:५४ मा प्रकाशित

baburamकाठमाण्डु, १२ मंसिर– संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराईले आइतबार दिउँसो एक बजे समितिको बैठक बोलाएका छन् ।
१८ औं सार्क शिखर सम्मेलनका कारण अनिश्चितकालसम्मका लागि स्थगित बैठक भट्टराईले आइतबारका लागि डाकेका हुन् ।
यसअघि सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले तयार पारेको सात प्रदेशको प्रस्तावलाई संविधान सभामा पठाउने कि नपठाउने भन्ने विवादका कारण बैठक बस्न सकेको थिएन ।

कांग्रेस–एमालेले आफूहरुको प्रस्तावमा संविधान सभामा पठाउनुपर्ने बताउँदै आएका थिए भने एकीकृत माओवादीसहितको २२ दलीय प्रतिपक्षी मोर्चाले त्यसलाई अस्वीकार गरेको थियो ।

शुक्रबार संविधान सभा अध्यक्ष सुवास नेम्वाङले संवैधानिक समितिका सभापति भट्टराईलाई फोन गरी बैठक डाक्न अनुरोध गरेका थिए । जवाफमा सभापति भट्टराईले आइतबार एक बजेका लागि आफूले बैठक डाकेको बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us