युवती बेच्न लैजाँदै गर्दा बाटैमा पक्राउ

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ७:२८ मा प्रकाशित

महोत्तरी, १२ मंसिर– एक युवतीलाई ललाइफकाई भारतमा बेच्न लैजाँदै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् ।
pakrau-arrest
पक्राउ पर्नेमा महोत्तरीको नैन्ही गाविस–२ बस्ने २१ वर्षीय प्रदीप झा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक शौरभ राणाले बताए ।

काठमाण्डु घर भएकी एक युवतीलाई झाले भारतमा नक्कली शैक्षिक प्रमाणपत्र बनाइदिने झूटो प्रलोभन दिएर महोत्तरीको मूल भन्सार कार्यालय भिट्ठामोड हुँदै भारत लैजान लागेको अवस्थामा बिहीबार सीमा सुरक्षामा खटेका नेपाल प्रहरीका नायब निरीक्षक पृथी खत्रीको नेतृत्वका टोलीले पक्राउ गरेको हो ।

बेचबिखन गर्ने उद्देश्यले युवतीलाई भारत लैजान लागेका झामाथि जिल्ला प्रहरी कार्यालय महोत्तरीले  मानव बेचबिखन तथा ओसारपसार मुद्दा दर्ता गरेको छ । युवतीलाई परिवारको जिम्मा लगाउन काठमाण्डु खबर गरिसकेको प्रहरीले जनाएको छ ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us