
भीमदत्तनगर, १२ मंसिर– धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको पवनदूत यातायातको बस कञ्चनपुरको कृष्णपुर–२ लालझाडी क्षेत्रमा अाज दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी दैजी गाविसका सुरेश थापाको मृत्यु भएको बताइएको छ । प्रहरीले दुर्घटनामा एक जनाको मृत्यु भएको जनाए पनि घटनाबारे पूरै विवरण नआइसकेको जनाएको छ ।
धनगढीबाट महेन्द्रनगरतर्फ आइरहेको म१ख ४१५ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयले दुर्घटनाको यकिन विवरण आइरहेको जनाउँदै घाइतेहरुको कैलालीको अत्तरिया र धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचारका लागि लगिएको जनाएको छ ।
रासस