हट्यो जोर-बिजोर प्रणाली

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते ७:५२ मा प्रकाशित

काठमाण्डु, १२ मंसिर– सार्क सम्मेलनलाई केन्द्रित गरेर सरकारले सवारी साधनमा लगाएको जोर–बिजोर प्रणाली आजदेखि हटाएको छ ।

IMG_9423
काठमाण्डु उपत्यकाभित्र विशिष्ट पाहुनाहरुको सुरक्षालाई ध्यान दिई लागू गरिएको जोर–बिजोर प्रणाली विशिष्ट पाहुनाहरु फर्केपछि हटाइएको हो ।
बिहीबार सम्मेलन समापन भएपछि सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु फर्किसकेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us