हिसिलाले गरिन् महात्मा गान्धीसँग बाबुरामको तुलना

काठमाण्डु टुडे २०७१ मंसिर १२ गते १:३२ मा प्रकाशित

hisila-baburamसिरहा, ११ मंसिर– ए माओवादी नेतृ हिसिला यमीले आफ्ना पति बाबुराम भट्टराईलाई महात्मा गान्धीसँग तुलना गरेकी छन् ।
क्रान्तिकारी पत्रकार संघले लहानमा गरेको पत्रकार भेटघाटमा हिसिलाले बाबुरामको चरित्र, स्वभाव र व्यवहार गान्धीसँग मिल्ने दाबी गरिन् ।

एमाओवादी निर्माणमा बाबुरामको हत्वपूर्ण भूमिका रहेको भन्दै उनले बाबुरामले पार्टी फुटाउनै नसक्ने उल्लेख गरिन् ।

‘यो पार्टी निर्माणमा बाबुरामको धेरै ठूलो योगदान छ’, यमीले भनिन्, ‘महात्मा गान्धीजस्तो चरित्रको मान्छेले कसरी पार्टी फुटाउन सक्छ ?’ यमीले पार्टीभित्र अहिले कुनै विवाद नरहेको दाबी पनि गरिन् ।

अर्को एक फरक प्रसंगमा उनले मधेसमा दुई प्रदेश हुनुपर्ने बताइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us