
बारा, ११ मंसिर– बाराको बपरीयापुरस्थित विश्व प्रसिद्ध पञ्चवर्षीय बली प्रदान गढीमाईमा भोलि बिहानदेखि माईको पूजा अर्चना गरी १० बजेदेखि पशुबली दिने कार्य सुरु बताइएको छ ।
गढीमाई मन्दिरदेखि करिब १०० मिटर पूर्व रहेको ब्रह्मस्थानमा माई आउने भएकाले पुजारीको घरबाट माईको पूजा सामग्री पञ्चबलीसहित ब्रह्मस्थलमा आई पूजारी, झाँक्रीले माईको पूजाअर्चना गरी माईलाई खिर भोजन गराउने प्रचलन छ ।
झाँक्रीले आफ्नो शरीरको पाँच ठाउँबाट थोपा रगत माईलाई चढाएपछि सर्वसाधारणले बलिदिने कार्य सुरु हुनेछ ।