
काठमाण्डु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफू नेपालमा रहँदा सुन्दर हिमालको काखमा रमाउन पाउँदा आफू हर्षित भएको बताएका छन् ।
सार्क सम्मेलनको रिट्रिटका क्रममा बिहीबार धुलिखेलबाट उनले हिम श्रृंखला अवलोकन गरेका थिए । दुरबिनबाट हिमाल हेरेका मोदीले सोही तस्वीर सामाजिक सञ्जालमा राखेका छन् ।
तस्वीरसँग उनले पोष्ट गरेका छन्, ‘सुन्दर हिमालको बीचमा प्रकृतिको काखमा रमाउन पाउँदा… ।’ आफू जनकपुर, लुम्बिनी र मुक्तिनाथ जान नपाए पनि हिमऋंखला अवलोकन गर्न पाउँदा खुसी लागेको बताएका छन् ।