
झापा, ११ मंसिर– झापाको शान्तिनगरस्थित पाँच पोखरी सामुदायिक वनमा बेवारिसे शव फेला परेको छ । शान्तिनगर–४ मा रहेको उक्त वन परिसरमा रूखमा झुन्डिएको अवस्थामा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार अन्दाजी ५०/५५ वर्षको कपाल छोटो काटेको, धर्के सट, कालो पाइन्ट र म्याजिक चप्पल लगाएको पुरुषको शव फेला परेको हो ।