काठमाण्डु, ११ मंसिर– सार्कको अठारौँ शिखर सम्मेलनको बन्दसत्र अपराह्न साढे चार बजेदेखि सुरु भएको छ ।
रिट्रिटका लागि आज बिहानै काभ्रेको धुलिखेल पुगेका सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु फर्केपछि समापन समारोह सुरु भएको हो ।
बन्दसत्रको सुरुमै सार्कको १९औँ शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा गर्ने घोषणा हुने छ । त्यसपछि सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुले संयुक्त रुपमा १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी गर्नेछन् ।
३६ बुँदे घोषणा पत्रमा ऊर्जा सहकार्यमा सम्झौतासहितका बुँदा विषयहरु छन् ।
प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गरेपछि १८औँ शिखर सम्मेलन औपचारिक रुपमा समापन हुनेछ ।
सम्मेलन समापनपछि फोटो सत्र हुनेछ जसमा पहिले सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले फोटो खिचाउने काम हुन्छ ।