सार्क सम्मेलनको बन्द सत्र ४ बजे सुरु हुने

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते ५:०६ मा प्रकाशित

काठमाण्डु, ११ मंसिर– सार्कको अठारौँ शिखर सम्मेलनको बन्दसत्र आज अपराह्न ४ बजेदेखि सुरु हुने भएको छ ।
modi in Saarc
रिट्रिटका लागि आज बिहानै काभ्रेको धुलिखेल पुगेका सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखहरु अपराह्न मात्रै काठमाडौँ फर्कने कार्यक्रम रहेको छ ।

नेताहरु फर्केपछि मात्रै प्रधानमन्त्री सुशील कोइरालाले अपराह्न ४ बजे राष्ट्रिय सभागृहमा १८औँ शिखर सम्मेलनको बन्दसत्र सुरु भएको घोषणा गर्नेछन् ।

बन्दसत्रको सुरुमै सार्कको १९औँ शिखर सम्मेलनको स्थान र मिति तय हुनेछ भने त्यसपछि सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखहरुले संयुक्त रुपमा १८औँ शिखर सम्मेलनको घोषणापत्र जारी गर्नेछन् ।

प्रधानमन्त्री कोइरालाले अपराह्न ४ः०९ बजे निष्कर्ष सम्बोधन गरेपछि अर्को सम्मेलन आयोजना गर्ने मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले सहभागी सबैलाई धन्यवाद दिनेछन् ।

अपराह्न ४ः२२ बजे प्रधानमन्त्री कोइरालाले सम्मेलन समापन भएको घोषणा गरेपछि १८औँ शिखर सम्मेलन औपचारिक रुपमा समापन हुनेछ ।

सम्मेलन समापनपछि फोटोसत्र हुनेछ जसमा पहिले सदस्य मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखले फोटो खिचाउने काम हुन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us