मोदीले पाकिस्तानलाई संकेत गर्दै भने, ‘मुम्बईको आतंकवादी हमला बिर्सेका छैनौं’

काठमाण्डु टुडे २०७१ मंसिर १० गते ९:४२ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २००८ मा मुम्बईमा भएको आतंकवादी हमला सम्झेर आफूलाई असीम पीडा भइरहेका बताएका छन् । बुधबार काठमाण्डुमा भएको १८ औं सार्क शिखर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मोदीले आतंकवादको अन्त्य गर्न सबै सार्क देशहरु मिल्न आग्रह गरेका हुन् ।

modi in Saarc
सम्मेलनमा मोदीभन्दा अगाडि बोल्ने पालो परेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ र पाकिस्तानको नामै नलिई माेदीले कुटनीतिक रुपमा पाकिस्तानलाई संकेत गरेका हुन् ।

सरिफले भने  सार्कमा चीनलाई समेत समावेश गर्ने प्रस्ताव गरेका थिए ।
काठमाण्डुमा भएको सार्क सम्मेलनमा भारत र पाकिस्तानका दुई समकक्षी बीच औपचारिक भेट र कुराकानी भएको छैन ।
सन् २००८ मा मुम्बईमा भएको बम हमलामा पाकिस्तानी आतंकवादीको हात रहेको भारतले बताउँदै आएको छ । त्यस यता भारत र पाकिस्तानबीचको सम्बन्ध चिसिएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us