काठमाण्डु, १२ मंसिर– १४ दल सम्मिलित संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धनले संविधानसभा निर्वाचनको मतपरिणामा पूर्वनियोजित र अविश्वसनीय भएको भन्दै उच्चस्तरीय आयोग गठन गरी सरकार निर्वाचन आगोग दुवैले छानबिन गर्नुपर्ने माग गरेको छ । गठबन्धनको बुधबार बसेको बैठकले सरकारसँग आयोगको माग गर्दै निर्वाचन आयोगले पनि धाँधलीको...
काठमाण्डु, १२ मंसिर– काँग्रेस र नेकपा एमालेका नेताहरुले एमाओवादीसहितका दलहरुले निर्वाचनमा धाँधली भएको भन्दै गरेको छानबिनको मागलाई अस्वीकार गरेका छन् । उनीहरुले संविधानले नै निर्वाचनको विषयमा उत्पन्न विवाद समाधान गर्न संविधानसभा अदालत गठन गरिसकेकोले त्यसकै प्रक्रियाबाट अघि बढ्नुपर्ने भन्दै राजनीतिक छानबिन आयोग गठन स्वीकार्य...
भक्तपुर, १२ मंसिर– नेकपा–माओवादीका सचिव देव गुरुङले संविधानसभा निर्वाचनमा जित्ने ठूला दल सहमतिमा जान चाहे आफ्नो पार्टी पनि संविधानसभामा जानसक्ने बताएका छन् । उनले राष्ट्रिय स्वाधीनता प्राप्त उपलब्धिलाई रक्षा गर्नेगरी नयाँ शिराबाट सहमति गरे आफूहरु संविधानसभामा जान तयार रहेको बताएका हुन् । उनले भने,...
काठमाण्डु, १२ मंसिर– एमाले अध्यक्ष झलनाथ खनालले नयाँ सरकार गठनका लागि काँग्रेस–एमालेले सहमति खोज्ने र सहमति नभएमा अन्य बाटो अवलम्बन गर्ने बताएका छन् । उनले एमाले र नेकालाई नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्ने र नयाँ संविधानमा बनाउन हरेक विषयमा सहमतिका साथ अगाडि बढ्ने...
गोरखा, १२ मंसिर–एकीकृत माओवादी नेता बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत स्थानमा जित हात पार्न नसके पनि आफूहरुको एजेण्डाको जित भएको बताएका छन् । संविधानसभा निर्वाचनमा गोरखा–१ बाट विजयी भएका भट्टराईले बुधबार मतदातासँगको भेटमा निर्वाचन परिणामबाट हतास नहुन आग्रह गरे । पार्टी पराजित भए...
काठमाण्डु, १२ मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्कबीच बुधबार बिहान भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटमा निर्वाचनको सफलता, संविधान लेखन र सहमतिका लागि दलहरुबीच भइरहेको प्रयासबारे छलफल भएको छ । भेटमा राजदूत स्पार्कले सभापति कोइरालालाई...
काठमाण्डु, १२ मंसिर–नेकपा एमालेका कार्यकर्ताको कुटाइबाट गम्भीर घाइते अखिल क्रान्तिकारी भक्तपुर जिल्ला सहसचिव नेत्र वलीको उपचारको क्रममा मृत्यु भएको छ । चुनाव प्रचारको क्रममा गृहजिल्ला रुकुम गएकाबेला वलीलाई एमाले कार्यकर्ताहरुले आक्रमण गरेका थिए । टाउकोमा गहिरो चोट लागेका वलीको उपचारका क्रममा बुधबार विहान काठमाण्डुको...
काठमाण्डु, १२ मंसिर–चुनावी परिणामप्रति असन्तुष्टि जनाउँदै आएका एकीकृत नेकपा माओवादी लगायत दलले परिणाम पुनरावलोकनको माग गर्दै बुधबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै छन् । दिउसो साढे २ बजे परिणाम पुनरावलोकनको माग गर्दै ज्ञापन पत्र बुझाइने एमाओवादी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए । एकीकृत माओवादी सहित...
चितवन, ११ मंसिर– निर्वाचन विरोधी अभियानका क्रममा चितवनमा पक्राउ परेका नेकपा–माओवादीका १२ जना कार्यकर्ता मंगलबार धरौटीमा रिहा भएका छन् । रिहा हुनेमा निरञ्जन भट्टराई, गोपाल भट्टराई, गङ्गाराम यादव, खेम पाण्डे, रामकृष्ण सुनुवार, कविर राई, प्रकाशबहादुर गुरुङ र अर्जुन विकलगायतका रहेका जिल्ला प्रहरी कार्यालय चितवनका...
काठमाण्डु, ११ मंसिर– नेपालवाद पार्टीले संविधानसभाको निर्वाचन धाँधलीपूर्ण र असंवैधानिक रुपमा भएको आरोप लगाउँदै बहिस्कारको घोषणा गरेको छ । यसअघि एकीकृत माओवादी, संघीय समाजवादी, फोरम नेपाल, तमलोपा लगायतका पार्टीहरुले निर्वाचन धाँधलीपूर्ण भएको भन्दै पुनरावलोकन नगरे संविधानसभामा नजाने घोषणा गरेका थिए । यसै क्रमा नेपालवाद...
काठमाण्डु, ११ मंसिर– एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको काँग्रेसले नयाँ सरकार गठनका लागि पहल गर्नुपर्ने बताएका छन् । नेता नेपालले निर्वाचनबाट नेपाली काँग्रेस ठूलो दलको रूपमा अघि आएकाले नयाँ सरकार गठनका लागि उसले नै पहलकदमी लिनुपर्ने बताएका हुन् ।...
काठमाण्डु ११ मंसिर–नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले अन्तरिम संविधानमा संसोधन गरेर आफूहरुको उचित प्रतिनिधित्व सुनिश्चित गरिए संविधानसभा र सरकार दुबैमा सहभागि हुन तयार रहेको स्पष्ट पारेका छन । मन्त्रीपरिषदबाट मनोनित गर्ने २६ सिट लिएर आफूहरु संविधानसभामा कुनै पनि हालतमा नजाने स्पष्ट पार्दै गजुरेलले अहिलेको...