अर्को एक पार्टीद्वारा पनि निर्वाचन वहिस्कार

काठमाण्डु टुडे २०७० मंसिर ११ गते ११:२० मा प्रकाशित

election-boothकाठमाण्डु, ११ मंसिर– नेपालवाद पार्टीले संविधानसभाको निर्वाचन धाँधलीपूर्ण र असंवैधानिक रुपमा भएको आरोप लगाउँदै बहिस्कारको घोषणा गरेको छ ।

यसअघि एकीकृत माओवादी, संघीय समाजवादी, फोरम नेपाल, तमलोपा लगायतका पार्टीहरुले निर्वाचन धाँधलीपूर्ण भएको भन्दै पुनरावलोकन नगरे संविधानसभामा नजाने घोषणा गरेका थिए । यसै क्रमा नेपालवाद पार्टीले निर्वाचन बहिष्कारको घोषणा गरेको हो ।

मंगलबार पत्रकार सम्मेलन गरेर सो पार्टीले संविधानसभाको निर्वाचनलाई वहिस्कार गरी घरदैलो कार्यक्रमबाट भण्डाफोर गर्ने घोषणा समेत गरेको छ । नेपालवाद पार्टीले १ करोड ८० लाख भन्दा बढी मतदाता भएको देशमा छुटेका ६० लाख ४२ लाख भन्दा बढी भोट नदिने मतदाताले सक्रिय बहिस्कार गरेको भन्दै निर्वाचनको औचित्य नरहेको दावी गरेको हो ।

कुल मतदाता अनुसार ४०–४५ प्रतिशत मत खसेको चुनावलाई ऐतिहासिक र सर्वाधिक मत खसेको भनेर प्रचार गर्नु निर्वाचन आयोगको लाचारीपन भएको पार्टी अध्यक्ष किरण शर्माले आरोप लगाएका छन् । उनले भने, ‘यो निर्वाचनमा धाँधली र छलछाम भएको छ, असंवैधानिक निर्वाचन र यसले बनाएको संविधानसभा विदेशी दलालहरुको थलो हुने भएकाले वहिस्कार गर्न तमाम जनसमुदायहरुलाई आह्वान गर्दछु ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us