पार्टी हारे पनि एजेण्डाले जितेको छ: भट्टराई

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ६:४९ मा प्रकाशित

गोरखा, १२ मंसिर–एकीकृत माओवादी नेता बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा पार्टीले अपेक्षाकृत स्थानमा जित हात पार्न नसके पनि आफूहरुको एजेण्डाको जित baburam_250भएको बताएका छन् ।
संविधानसभा निर्वाचनमा गोरखा–१ बाट विजयी भएका भट्टराईले बुधबार मतदातासँगको भेटमा निर्वाचन परिणामबाट हतास नहुन आग्रह गरे । पार्टी पराजित भए पनि आफूहरु मुलुकका लागि योगदान दिन तयार रहेको उनको भनाइ थियो ।

‘हामी आकारमा सानो भएका छौं’, भट्टराईले भने,‘ हाम्रो एजेण्डाले जितेको छ, कोही पनि आत्तिनु पर्दैन ।’ भट्टराईले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी जस्ता राजनीतिक उपलब्धी आफूहरुको अगुवाइमा प्राप्त भएको र त्यसबाट कोही पछि हट्न नसक्ने उल्लेख गरे ।
उनले मतगणनाका क्रममा धाँधली भएको र त्यसबारे छानबिन भइरहेको बताए । अन्त्यमा सत्य र न्यायको तिज हुने भन्दै उनले जालझेल गरेर निर्वाचन जितिएको निर्वाचन दिगो नहुने टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टरार्यले गोरखा नगरपालिकाभित्र पर्ने कुन्दुरटार, छेपेटार, तेह्र किलो, टक्सार, हरमटारीलगायतका स्थानका मतदातासँग भेटघाट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us