चुनावी परिणामप्रति असन्तुष्ट दलले ज्ञापनपत्र बुझाउदै

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ३:०७ मा प्रकाशित

UCPN-Maoistकाठमाण्डु, १२ मंसिर–चुनावी परिणामप्रति असन्तुष्टि जनाउँदै आएका एकीकृत नेकपा माओवादी लगायत दलले परिणाम पुनरावलोकनको माग गर्दै बुधबार निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै छन् । दिउसो साढे २ बजे परिणाम पुनरावलोकनको माग गर्दै ज्ञापन पत्र बुझाइने एमाओवादी प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

एकीकृत माओवादी सहित मधेसी जनअधिकार फोरम, संघीय समाजवादी, सदभावना लगायत दलहरुको तर्फबाट संयुक्त रुपमा ज्ञापनपत्र बुझाउन लागिएको हो । ज्ञापनपत्रमा धाँधली भएका उदाहरण प्रस्तुत गर्दै स्वतन्त्र छानविन आयोग गठन गर्न पनि माग गरिने सापकोटाले जानकारी दिए ।

ज्ञापन पत्र बुझाउनु अघि ति दलहरुको संयुक्त बैठक पनि बस्ने छ । एमाओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा मध्यान्ह १२ बजे बस्ने बैठकले ज्ञापनपत्रको व्यवहोरालाई अन्तिम रुप दिने छ । निर्वाचन शान्तिपूर्ण भए पनि मतदान स्थलबाट मतगणा स्थलसम्म पुर्याउँदै मतपेटिका साट्ने लगायतका गतिविधि भएकाले पुनरावलोकन गर्नुपर्ने ति एकीकृत माओवादी लगायत दलको माग छ । यसअघि माओवादीले पत्रकार सम्मेलन गरी मतगणना पुनरावलोकन नभए संविधानसभामा सहभागी नहुने घोषणा गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us