काठमाण्डु, १२ मंसिर–नेकपा एमालेका कार्यकर्ताको कुटाइबाट गम्भीर घाइते अखिल क्रान्तिकारी भक्तपुर जिल्ला सहसचिव नेत्र वलीको उपचारको क्रममा मृत्यु भएको छ ।
चुनाव प्रचारको क्रममा गृहजिल्ला रुकुम गएकाबेला वलीलाई एमाले कार्यकर्ताहरुले आक्रमण गरेका थिए । टाउकोमा गहिरो चोट लागेका वलीको उपचारका क्रममा बुधबार विहान काठमाण्डुको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको अखिल क्रान्तिकारीले जनाएको छ ।