काँग्रेस सभापति र बेलायती राजदूतबीच भेट

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ६:०१ मा प्रकाशित

Sushil-Koirla-and-Andrewकाठमाण्डु, १२  मंसिर–नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेपालका लागि बेलायती राजदूत एण्डी स्पार्कबीच बुधबार बिहान भेटवार्ता भएको छ । कोइराला निवास महाराजगन्जमा भएको भेटमा निर्वाचनको सफलता, संविधान लेखन र सहमतिका लागि दलहरुबीच भइरहेको प्रयासबारे छलफल भएको छ ।

भेटमा राजदूत स्पार्कले सभापति कोइरालालाई निर्वाचन सफलतापूवर्क सम्पन्न भएकामा बधाई दिँदै दलहरुबीच सहमति जुटेर संविधान लेखनको काम छिटो सकिनेमा विश्वास व्यक्त गरेका थिए । ‘उत्साहपूर्ण जनसहभागिता र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न भएकामा बधाई दिएँ, अब दलरुबीच सहमति जुटाएर छिटो संविधान लेखनमा पनि सफलता मिल्ने कुरा राखें,’ कोइरालालाई भेटेपछि राजदूत स्पार्कले सनचारकर्मीलाई प्रतिकृया दिदै भने ।

सो अवसरमा सभापति कोइरालाले निर्वाचनमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै अहिलेको राजनीतिक परिस्थितिका बारेमा जानकारी लिएको भेटमा सहभागी काँग्रेस केन्द्रीय सदस्य डा. रामशरण महतले जानकारी दिए । ‘निर्वाचन शान्तिपूर्ण र निष्पक्षपूर्ण ढङ्गबाट सम्पन्न भएकामा राजदूतले बधाई दिनुभयो, निर्वाचनप्रति असन्तुष्ट दलहरुले लगाएको आरोपमा सत्यता नभएको राजदूतको भनाइ थियो,’ डा. महतले भने ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us