राजनीति

सहमतिको प्याकेज ल्याउन कांग्रेसलाई एमालेको आग्रह

२०७० पुष २६ गते १०:००

काठमाण्डु, २६ पुस – नेकपा एमालेले सहमतिको सरकार गठनको प्रस्ताव ल्याउन नेपाली काँग्रेसलाई आग्रह गरेको छ । सबैभन्दा ठूलो दलको हैसियतले प्रस्ताव ल्याएपछि सरकारमा जाने कि नजाने भन्ने धारणा बनाउने एमालेको तयारी छ । पार्टी प्यालेस संघको दोस्रो साधारण सभालाई विहीबार सम्बोधन गर्दै एमाले वरिष्ठ...

‘नेपाल विश्वशान्ति र निःशस्त्रीकरण चाहन्छ’

२०७० पुष २६ गते ८:०२

काठमाण्डु, २६ पुस – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले विश्वशान्ति र निःशस्त्रीकरण नेपालको चाहना भएको बताएका छन् । संयुक्त राष्ट्र संघका उपमहासचिव एवम् निःशस्त्रीकरण मामिलासम्बन्धी उच्च प्रतिनिधि एन्जिला केनसँग विहीबार आफ्नै कार्यकक्षमा भएको भेटमा रेग्मीले शान्ति, विकास र आमविनाशका हतियाररहित विश्व हुनुपर्ने नेपालको चाहना रहेको...

अपाङ्ग महासंघको राजधानी केन्द्रित आन्दोलन स्थगित

२०७० पुष २६ गते ७:५६

काठमाण्डु, २६ पुस – संविधानसभा सदस्यमा मन्त्रिपरिषदद्वारा मनोनयन हुने २६ जनामा अपाङ्गता भएका कम्तीमा चार जनालाई समावेश गर्नुपर्ने माग राख्दै आन्दोलनरत राष्ट्रिय अपाङ्ग महासंघले काठमाण्डुमा केन्द्रित आन्दोलन ४८ घन्टाका लागि स्थगन गरेको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वार्ताका लागि महासंघका पदाधिकारी बोलाए पछि...

पार्टी सुधारमा लाग्न एमाओवादीलाई सुझाव

२०७० पुष २६ गते २:१५

काठमाण्डु, २६ पुस – एकीकृत माओवादीका केन्द्रीय सल्लाहकारहरुले पार्टी सुधार्न सम्पूर्ण शक्ति परिचालन गर्न नेतृत्वलाई सुझाव दिएका छन् । केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबारदेखि सुरु भएको सल्लाहकार समिति बैठकमा धारणा राख्नेहरुले पार्टीका शीर्ष नेताहरुबीचको मतभेद रोक्न र मिलेर अघि बढ्न सुझाव दिएका हुन् ।...

हिसिलाले पठाइन् माओवादी नेताहरुलाई यस्तो एसएमएस

२०७० पुष २५ गते १४:५५

काठमाण्डु, २५ पुस – एमाओवादी नेतृ हिसिला यमीले पार्टीका पूर्वपोलिटब्यूरो सदस्य गोपाल किराँती ‘आलोक प्रवृत्ति’को मान्छे भएको भन्दै उनलाई कारबाही गर्न माग गरेकी छन् । यमीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई एसएमएस गरेर किराँतीलाई कारबाही गर्न माग गरेकी हुन् ।...

सभासद् छनोटमा भएको लेनदेनको अनुसन्धान गर्छौं : लोकमानसिंह कार्की

२०७० पुष २५ गते १४:५३

सप्तरी, २५ पुस– अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले संविधानसभाको समानुपातिक सभासद् छनोटमा आर्थिक लेनदेनको सूचना प्राप्त भए आयोगले त्यसलाई भ्रष्टाचारकै हिसाबले अनुसन्धान गर्र्नेे बताएका छन् । मध्यमाञ्चल र पूर्वाञ्चलको भ्रमणका क्रममा राजविराज पुगेका प्रमुख कार्कीले समानुपातिक सभासद् छनोटमा आर्थिक लेनदेनको सूचना...

शीर्ष नेता समितिका सभापति !

२०७० पुष २५ गते १३:४२

काठमाण्डु, २५ पुस – विभिन्न राजनीतिक दलका नेताहरुले पहिलेको संविधानसभामा शीर्ष नेताहरुले त्यति ध्यान दिएको भन्दै अव संविधानसभा र समितिका बैठकहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । एसिया जर्नालिष्ट एसोसियसनले विहीबार काठमाण्डुमा गरेको कार्यक्रममा उनीहरुले समितिको सभापति पनि शीर्ष नेताहरुलाई नै बनाउनु...

प्रचण्डले भने–‘भाँडभैलो मच्चाउनेहरु कम्युनिष्ट होइनन्’

२०७० पुष २५ गते १२:३५

काठमाण्डु, २५ पुस – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भाँडभैलो मच्चाउनेहरु कम्युनिष्ट हुन नसक्ने बताएका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा विहीबार पूराना कम्युनिष्ट नेता जयगोविन्द शाहको २४ औं स्मृतिसभालाई सम्बोधन गर्दै प्रचण्डले गम्भीर आत्मसमीक्षा गरेर अघि बढ्नु पर्ने बेला आएको बताए । ‘कम्युनिष्ट...

चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारसँग माग्यो आयोगले स्पष्टिकरण

२०७० पुष २५ गते १२:१०

काठमाण्डु, २५ पुस – निर्वाचन आयोगल समयमै चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारसँग स्पष्टिकरण सोधेको छ । निर्वाचन खर्च नबुझाउने काठमाण्डु क्षेत्र नं १ देखि १० सम्मका उम्मेदवारहलाई जरिवाना गर्नु नपर्ने कारण सहित लिखित स्पष्टिकरण दिन आयोगले भनेको हो । काठमाण्डुको क्षेत्र नं १ र...

सशस्त्रका बाह्र डीआईजीको सरुवा

२०७० पुष २५ गते ११:४५

काठमाण्डु, २५ पुस – सरकारले सशस्त्र प्रहरी बलका १२ जना डीआईजीको सरुवा गरेको छ । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । साथै बैठकले दक्षिण सुडानमा ८ सय ५० जना नेपाली सेना पठाउने निर्णय गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।...

मालेका ३ सय ५० जना एमालेमा

२०७० पुष २५ गते १०:५९

काठमाण्डु, २५ पुस- नेकपा(माले) का केन्द्रीय नेताहरु सहित ३ सय ५० जना एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष झलनाथ खनालले पार्टी मुख्याल बल्खुमा उनीहरुलाई पार्टी प्रवेश गराए । मालेका केन्द्रीय सदस्यहरु देउमान साम्वाहाम्फे, भाष्कर काफ्ले, चन्द्रकला सुब्बा, वासुदेव आमात्य र सुकदेव यादव सहितका...

तीनवटा मधेशी पार्टीबीच एकीकरण हुने

२०७० पुष २५ गते १०:१२

काठमाण्डु, २५ पुस– नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपाल र सद्भावना पार्टीबीच पार्टी एकीकरण हुन लागेको बताएका छन् । यसकालागि तीन पार्टीका अध्यक्षकोबीचमा सहमति भइसकेको कर्णले बताए । काठमाण्डु भएको कार्यक्रममा कर्णले संविधानसभाको पहिलो बैठक भन्दा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us