तीनवटा मधेशी पार्टीबीच एकीकरण हुने

काठमाण्डु टुडे २०७० पुष २५ गते १०:१२ मा प्रकाशित

Laxman Lal Karna1298722015काठमाण्डु, २५ पुस– नेपाल सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनाधिकार फोरम नेपाल र सद्भावना पार्टीबीच पार्टी एकीकरण हुन लागेको बताएका छन् ।

यसकालागि तीन पार्टीका अध्यक्षकोबीचमा सहमति भइसकेको कर्णले बताए । काठमाण्डु भएको कार्यक्रममा कर्णले संविधानसभाको पहिलो बैठक भन्दा अघि नै तीनवटा मधेशीदलहरुबीच एकीकरण हुने जानकारी दिए ।

पार्टी एकीकरणको मोडालिटी तयार भइरहेको भन्दै कर्णले नयाँ पार्टीको अध्यक्ष महन्त ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतोमध्ये जो पनि बन्न सक्ने बताए ।

विगतमा एकीकरणको प्रयास भएपनि त्यो सफल नभएको भन्दै कर्णले अहिले भएको प्रयास सार्थक हुने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us