मालेका ३ सय ५० जना एमालेमा

काठमाण्डु टुडे २०७० पुष २५ गते १०:५९ मा प्रकाशित

CPN-UMLकाठमाण्डु, २५ पुस- नेकपा(माले) का केन्द्रीय नेताहरु सहित ३ सय ५० जना एमालेमा प्रवेश गरेका छन् ।

एमाले अध्यक्ष झलनाथ खनालले पार्टी मुख्याल बल्खुमा उनीहरुलाई पार्टी प्रवेश गराए ।

मालेका केन्द्रीय सदस्यहरु देउमान साम्वाहाम्फे, भाष्कर काफ्ले, चन्द्रकला सुब्बा, वासुदेव आमात्य र सुकदेव यादव सहितका नेताहरु एमाले प्रवेश गरेका हुन् ।

उनीहरुले मालेमा एकल व्यक्तिवादी सोच हावी भएकाले आफूहरु एमाले प्रवेश गरेको बताए ।

यसैबीच एमालेले समानुपातिक प्रणालीबाट संविधानसभामा निर्वाचित आफ्ना ८४ जना सभासद्हरुलाई बिहीबार प्रमाण-पत्र प्रदान गरेको छ । पार्टी मुख्यालय बल्खुमा आयोजित कार्यक्रममा अध्यक्ष खनालले सभासदहरुलाई प्रमण-पत्र प्रदान गरेका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us