सहमतिको प्याकेज ल्याउन कांग्रेसलाई एमालेको आग्रह

काठमाण्डु टुडे २०७० पुष २६ गते १०:०० मा प्रकाशित

Madhab-singhकाठमाण्डु, २६ पुस – नेकपा एमालेले सहमतिको सरकार गठनको प्रस्ताव ल्याउन नेपाली काँग्रेसलाई आग्रह गरेको छ । सबैभन्दा ठूलो दलको हैसियतले प्रस्ताव ल्याएपछि सरकारमा जाने कि नजाने भन्ने धारणा बनाउने एमालेको तयारी छ ।

पार्टी प्यालेस संघको दोस्रो साधारण सभालाई विहीबार सम्बोधन गर्दै एमाले वरिष्ठ नेता माधवकुमार नेपालले चित्तबुझ्दो प्रस्ताव नआए प्रतिपक्षमा बस्ने बताए ।

मंसिर ४ को संविधानसभा निर्वाचनबाट जनताले दलहरुलाई मिलेर जाने म्याण्डेड दिएकोले सबैलाई चित्तबुझ्ने प्रस्ताव काँग्रेसले ल्याउनु पर्ने उनको भनाइ छ ।
सोही कार्यक्रममा काँग्रेस महामन्त्री प्रकाशमान सिंहले समय आएपछि सहमतिको कार्ययोजना प्रस्तुत गर्ने बताए ।

जनताले सबै दल मिल्ने म्याण्डेड दिएकोले काँग्रेसले सहमतिको प्रयास गरिरहेको उनको भनाई छ । सिंहले कांग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा ठूलो पार्टी बनेकाले प्रधानमन्त्रीको उम्मेदवार कोइराला नै भएको प्रष्ट पारे ।

पार्टीमा प्रधानमन्त्रीको विषयमा छलफल जारी रहे पनि हानथाप नभएको महामन्त्री सिंहको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us