हिसिलाले पठाइन् माओवादी नेताहरुलाई यस्तो एसएमएस

काठमाण्डु टुडे २०७० पुष २५ गते १४:५५ मा प्रकाशित

Hisila-and-Kirantiकाठमाण्डु, २५ पुस – एमाओवादी नेतृ हिसिला यमीले पार्टीका पूर्वपोलिटब्यूरो सदस्य गोपाल किराँती ‘आलोक प्रवृत्ति’को मान्छे भएको भन्दै उनलाई कारबाही गर्न माग गरेकी छन् ।

यमीले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई एसएमएस गरेर किराँतीलाई कारबाही गर्न माग गरेकी हुन् ।

यमीले प्रचण्डसहितका नेतालाई पठाएको एसएमएस (मोवाइल सन्देश)मा किराँतीलाई कारबाही गरी पार्टी फुटबाट बचाउन आग्रह गरिएको छ ।

किराँतीले पत्रपत्रिकामा गलत कुरा लेखेर आफ्नो बदनाम गराउन खोजको यमीको आरोप छ ।

उक्त एसएमएस यमीले केही पत्रकारलाई पनि पठाएकी छन् ।

काठमाण्डु टुडेलाई प्राप्त यमीको एसएमएसमा भनिएको छ, ‘कृपया गोपाल किराँतीलाई आलोक हुनबाट बचाएर पार्टी फुटको गतिविधि बन्द गर्नुहोला । कान्तिपुर पत्रिकामा विनालाई मैले चुनावमा सिट दिन लगाको  भनेको १०० प्रतिशत झुट हो ।

तत्कालिन नेकपा माओवादीले अराजक भएको भन्दै २०५७ सालमा यानप्रसाद गौतम ‘आलोक’लाई कारबाही गरेको थियो । कारबाहीकै क्रममा रहेका आलोकको २०५९ सालमा सैन्य कारबाहीमा रोल्पामा मृत्यु भएको थियो । माओवादीभित्र आलोक प्रवृत्तिलाई अराजक प्रवृत्तिको रुपमा लिइन्छ ।

किराँतीले बुधबार एक दैनिक पत्रिकामा लेखेको लेखमा नेतृ हिसिला यमीको जोडमा बिना मगरलाई कञ्चनपुरबाट संविधानसभा चुनावमा उम्मेदवार बनाएको उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us