अपाङ्ग महासंघको राजधानी केन्द्रित आन्दोलन स्थगित

काठमाण्डु टुडे २०७० पुष २६ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, २६ पुस – संविधानसभा सदस्यमा मन्त्रिपरिषदद्वारा मनोनयन हुने २६ जनामा अपाङ्गता भएका कम्तीमा चार जनालाई समावेश गर्नुपर्ने माग राख्दै आन्दोलनरत राष्ट्रिय अपाङ्ग महासंघले काठमाण्डुमा केन्द्रित आन्दोलन ४८ घन्टाका लागि स्थगन गरेको छ ।

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले वार्ताका लागि महासंघका पदाधिकारी बोलाए पछि आन्दोलन स्थगन गरिएको महासंघका महासचिव टीका दाहालले जानकारी दिए ।

जिल्लास्तरका आन्दोलन भने जारी रहेको उनको भनाई छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us