चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारसँग माग्यो आयोगले स्पष्टिकरण

काठमाण्डु टुडे २०७० पुष २५ गते १२:१० मा प्रकाशित

election commition of nepalकाठमाण्डु, २५ पुस – निर्वाचन आयोगल समयमै चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारसँग स्पष्टिकरण सोधेको छ ।

निर्वाचन खर्च नबुझाउने काठमाण्डु क्षेत्र नं १ देखि १० सम्मका उम्मेदवारहलाई जरिवाना गर्नु नपर्ने कारण सहित लिखित स्पष्टिकरण दिन आयोगले भनेको हो ।

काठमाण्डुको क्षेत्र नं १ र २ मा ३२/३२ जना, ३ मा १८, ४ मा २५, ५ मा १५, ६ मा २१, ७ मा २०, ८ मा १३ तथा ९ र १० मा २२/२२ जनाले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन् ।

संविधानसभा निर्वाचन अध्यादेश २०७० मा समानुपातिक निर्वाचनको राजनीतिक दलले मतपरिणाम घोषणा भएको ३५ दिन भित्र र प्रत्यक्षतर्फ पनि मत परिणाम सार्वजनिक भएको ३५ दिनभित्र उम्मेदवार वा उसको प्रतिनिधिले ३५ दिन भित्रै खर्च विवरण पेश गर्नुपर्ने व्यवस्था छ ।

निर्वाचन आयोगले प्रत्यक्षतर्फका उम्मेदवारलाई १० लाख र समानुपातिकतर्फ एक उम्मेदवारले १ लाख रुपैयाँ खर्च गर्न पाउने व्यवस्था गरेको थियो ।

चुनावी खर्च विवरण नबुझाउने उम्मेदवारसँग आयोगले मागेको स्पष्टिकरण यस्तो छ । Bigyapti

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us