सशस्त्रका बाह्र डीआईजीको सरुवा

काठमाण्डु टुडे २०७० पुष २५ गते ११:४५ मा प्रकाशित

singh durbarकाठमाण्डु, २५ पुस – सरकारले सशस्त्र प्रहरी बलका १२ जना डीआईजीको सरुवा गरेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । साथै बैठकले दक्षिण सुडानमा ८ सय ५० जना नेपाली सेना पठाउने निर्णय गरेको सरकारका प्रवक्ता माधवप्रसाद पौडेलले जानकारी दिए ।

बैठकले अर्को व्यवस्था नभएसम्मका लागि अनुप रन्जन भट्टराईलाई नेपाल टेलिकमको कायम मुकायम प्रवन्ध निर्देशकमा नियुक्त गरेको छ।

यस्तै परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे नेतृत्वको टोलीलाई भारतभ्रमणको स्कृतिपनि बैठकले दिएको छ ।

भारतीय विदेशमन्त्री शलमान खुर्शिदको निमन्त्रणामा मन्त्री घिमिरेसहितको टोली पुस ३० देखि माघ २ सम्म भारत सद्भावना भ्रमणमा जाँदैछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us