पत्रपत्रिकाबाट

फेसबुकबाटै सरकार गठन !

२०७१ कार्तिक २३ गते १:५१

एजेन्सी–यमनका नयाँ प्रधानमन्त्री खालिद बहमहले फेसबुकमार्फत् सरकार गठनको प्रयास अगाडि बढाएका छन् । उनले फेसबुक प्रयोगकर्ता जनतासँग सरकारमा सामेल गर्न सकिने नेताहरुको नाम मागेका छन् । गतसाता फेसबुक पोस्टमा ३३ हजार फ्लोअर्ससँग मुलुकको नयाँ राष्ट्रिय एकता सरकारका लागि को को उपयुक्त नेताहरु हुन सक्ने...

बाबुरामलाई टाइफाइड

२०७१ कार्तिक २३ गते १:४६

काठमाण्डु, २३ कात्तिक–पूर्वप्रधानमन्त्री तथा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति बाबुराम भट्टराईलाइ टाइफाइड भएको छ । शीर्ष नेताको बैठकमा बिहीबार भट्टरार्इ अस्वस्थ अवस्थामा नै सहभागी बनेका थिए । उनले बिहीबार फेसबुक पेजमा ‘भाइरल ज्वरोका कारण केही दिन पूर्ण आराम गर्न डाक्टरको सल्लाह’ लेख्दै...

खाजा पसलमा यौन क्रियाकलाप

२०७१ कार्तिक २३ गते १:४३

चितवन, २३ कात्तिक– खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुषसहित आठजनालाई पक्राउ गरेको छ । शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए । प्रहरीले भरतपुर...

खुमबहादुरलाई काँग्रेसले ‘एक्सन’ नगर्ने

२०७१ कार्तिक २३ गते १:३९

काठमाण्डु, २३ कात्तिक– केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वमा चलाइएको हिन्दूराष्ट्र अभियानबारे कांग्रेस मौन बसेको छ । उनले चलाएको अभियानमा कांग्रेसका केही केन्द्रीय सदस्य तथा सभासद पनि सहभागी छन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपति हिन्दूराष्ट्रमा फर्काउने अभियानबारे पार्टीमा एजेन्डा प्रवेश गरेपछि मात्र ‘एक्सन’...

भारतबाट थप १७० मेगावाट बिजुली ल्याइने

२०७१ कार्तिक २३ गते १:३२

काठमाडु, २३ कात्तिक– हिँउदमा हुने लोडसेडिङलाई दैनिक १२ घण्टा कायम गर्न विद्युत् कम्पनीले भारतको पावर टे«डिङ कर्पारेसन (पीटिसी) लिमिटेडसँग १७० मेगावाट सम्म बिजुली खरिद गर्ने भएको छ । प्राधिकरण र पीटिसीका अधिकारीबीच बुधबार नयाँदिल्लीमा खरिद–बित्रःी सम्झौता भएको हो । पीटिसीले मंसिर १५ देखि थप...

काँग्रेसमा अमरेशको नेतृत्वमा सात प्रदेशविरुद्ध मधेसी सभासदको हस्ताक्षर

२०७१ कार्तिक २३ गते १:२८

काठमाण्डु, २३ कात्तिक– एमाले र राप्रपासहित मिलेर संघीयताबारे काँग्रेसले ल्याएको सात प्रदेशको प्रस्तावप्रति काँग्रेसकै सभासदले कडा आपत्ति जनाएका छन् । पूर्वघोषणाविपरीत पार्टी अघि बढेको भन्द्यै उनीहरुले हस्ताक्षर अभियान चलाएका छन् । अभियानमा संलगन काँग्रेस केन्द्रीय सदस्य महेन्द्र यादवका अनुसार शनिबारसम्ममा ४२ सभासदले हस्ताक्षर गरेका...

काठमाण्डुमा मर्निङवाक गर्नु हुन्छ ? धेरै बाँच्न मन भए अब नगर्नुस्

२०७१ कार्तिक २२ गते २:२५

काठमाण्डु, २२ कात्तिक– यदि तपाईं काठमाण्डु उपत्यकाको सहरी क्षेत्रमा बस्नुहुन्छ र स्वस्थ शरीरका लागि बिहानबेलुका हिँडडुल गर्दै आउनु भएको छ भने अब नगर्न चिकित्सक तथा वातावरणविदहरुको सुझाव छ । काठमाण्डु उपत्यकाको सहरी क्षेत्रभित्र फोक्सोसम्म सीधै पस्नसक्ने धूलोका कणको मात्रा बिहान बेलुकाको समयमा अत्याधिक पाइएको...

अख्तियारको अादेश तत्काल खारेज गर्न निर्देशन

२०७१ कार्तिक २२ गते २:१७

काठमाण्डु, २२ कात्तिक– व्यवस्थापिका– संसदको अर्थ समितिले काबेली लगायत १३ जलविद्युत आयोजनाको अनुमतिपत्र खारेज गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन कार्यान्वयन नगर्न/नगराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। अख्तियारले आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गई निर्णय गरेको समितिको ठहर छ । शुक्रबार ऊर्जामन्त्री र ऊर्जासचिवसँग छलफल गरी...

नेपालका कुकुरलाई टेनिस खेलाडी मुरेको माया

२०७१ कार्तिक २२ गते २:१३

काठमाण्डु, २२ कात्तिक– विश्व वरियतामा छैटौं टेनिस खेलाडी एन्डी मुरेले चितवन राष्ट्रिय निकुन्जमा वन्यजन्तुको चोरी सिकार नियन्त्रण गर्न परिचालित हुने कुकुरलाई तालिम दिने अभियान थालेका छन् । अवैध सिकार र व्यापार दिने कार्यक्रम उनले बिहीबार घोषणा गरेका छन् । सुँध्ने क्षमता अत्यधिक भएका चार...

डेटिङमा डिस्टर्ब हुँदा प्रेमिकाको अर्कैसँग बिहे

२०७१ कार्तिक २२ गते २:०७

काठमाण्डु, २२ कात्तिक– बालाजु पार्कस्थित बाइसधाराको ठिकमाथि तिखा काँडामाझ काँडेफूल फक्रिएको छ । त्यही फूल छेउमै एक युवक उभिएका छन् । फूलको तस्वीर लिएलगत्तै युवकले इसारा गर्दै भने ,‘खै हेरौं त, फूलको फोटो कस्तो आउँछ ?’ क्यामेरा हातमा लिएर काँडाबीचमा मुस्कुराइरहेको रातो फूल निक्कै...

बँधुवा मजदुर खड्गबहादुरलाई भारुले यसरी पुर्‍यायो जेल

२०७१ कार्तिक २२ गते १:५५

काठमाण्डु, २२ कात्तिक– एघार वर्ष भारतमा बँधुवा मजदुर जसरी काम गरेर झण्डै एक महिनाअघि रोल्पा घर फर्किएका ३० वर्षीय खड्गबहादुर विश्वकर्मा अहिले नख्खु कारागारमा बन्दी बनेका छन् । उनी बन्दी मात्रै भएनन्, कमाएर ल्याएको भारु १ लाख ४२ हजार पनि रोल्पा प्रहरीले जफत गरेको...

गाउँलेले निकालेपछि कुष्ठरोगी गरिवारको जंगलमा बास

२०७१ कार्तिक २२ गते १:४८

पर्वत, २२ कात्तिक– कुष्ठरोग भएको थाहा पाएपछि पर्वतको ठूलोपोखरी गाविसको एक परिवारलाई स्थानीयले गाउँनिकाला गरेका छन् । ठूलो पोखरीकी २६ वर्षीया मुना नेपाली र उनका भाई आशिष नेपालीमा कुष्ठरोग भएको थाहा भएपछि गाउँलेले सामाजिक बहिष्कार गर्दै गाउँनिकाला गरेका हुन् । बाबुको मृत्युपछि आमासँगै बस्दै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us