बँधुवा मजदुर खड्गबहादुरलाई भारुले यसरी पुर्‍यायो जेल

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते १:५५ मा प्रकाशित

काठमाण्डु, २२ कात्तिक– एघार वर्ष भारतमा बँधुवा मजदुर जसरी काम गरेर झण्डै एक महिनाअघि रोल्पा घर फर्किएका ३० वर्षीय खड्गबहादुर विश्वकर्मा अहिले नख्खु कारागारमा बन्दी बनेका छन् ।
उनी बन्दी मात्रै भएनन्, कमाएर ल्याएको भारु १ लाख ४२ हजार पनि रोल्पा प्रहरीले जफत गरेको छ । यतिमात्रै होइन, ललितपुरको राजस्व अनुसन्धान विभागले उनीसँग २ लाख २७ हजार २ सय रुपैयाँ धरौटी मागेको छ ।
जुन रुकम बुझाउन नसकेपछि उनी कारागार चलान भएका हुन् । विश्वकर्मासँग अहिले नकमाएको पैसा छ, न धरौटीतिर्न सक्ने रकम छ । छ त केवल पुख्र्यौली घरको छानो टालेर बस्ने, छोराछोरी पढाउने अधुरो सपना । उनको यो हालत भयो कसरी ?
विश्वकर्माले भारतको हिमान्चल प्रदेश, सिमलामा एघार वर्ष घरेलु कामदारको रुपमा काम गरे । साहू रामनन्द चौहानको घरमा गाईभैंसी पाले, खेतीकिसानी गरे । सुरुमा २ सय ६० भारुबाट काम थालेका उनले पछि दिनको ३ सय भारु पाउँथे । एघार वर्ष काम गरेपछि आफ्नो जम्मा भएको १ लाख ८० हजार भारु लिएर उनि तिहारअघि नेपाल फर्केका थिए ।
देशमा द्वन्द्व चलिरहेका बेला १९ वर्षको उमेरमा उनी भारत पुगेका थिए । साहूले दिएको खुद्रा नोट बोक्ने झन्झटले फर्किने बेला उनले सय र हजारका नोट साटेका थिए ।
नेपालगञ्जको रुपैडिया नाकामा भारतीय प्रहरीले उनले कम्मरमा बाँधेको छामेर फेला पार्‍यो । उनले ‘दु:ख गरेर कमाएर ल्याएको पैसा हो’ भन्दै भारतीय प्रहरीलाई १ सय भारु दिएर उम्किए ।
दुई दिन लगाएर रोल्पा घर पुगे । ऋण तिर्नुपर्ने तिरे । अनि बँचेको पैसा १ लाख ४२ हजार भारु खरले छाएको घरको छानामा लुकाएर राखे । केही दिनपछि हेर्दा लुकाएको ठाउँमा पैसा थिएन । उनी पैसाको खोजीमा लागे । घरमा बाहिरको कोही आएको थिएन, बच्चाबच्ची पैसा राखको ठाउँमा पुग्न सक्ने थिएनन् । उनले आफ्नै श्रीमतीमाथि शंका गरे । श्रीमान–श्रीमतीको झगडा भयो । छिमेकीहरु जम्मा भए

। छिमेकी महिलाले खानतलास गर्न थालेपछि श्रीमतीले पैसा आफूले राखेको बताइन् । र उनलाई दिइन् । झगडा नहुँदा पैसा नपाएको झोकमा श्रीमतीले पुलिस लगाएर पक्राउँछु सम्म भनेकी थिइन् । ‘पैसा दिँदा सम्बन्ध बिच्छेद गर्छु, जेल हाल्छु भनेकी थिई,’ उनले भने ।
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us