खुमबहादुरलाई काँग्रेसले ‘एक्सन’ नगर्ने

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते १:३९ मा प्रकाशित

काठमाण्डु, २३ कात्तिक– केन्द्रीय सदस्य खुमबहादुर खड्काको नेतृत्वमा चलाइएको हिन्दूराष्ट्र अभियानबारे कांग्रेस मौन बसेको छ ।
उनले चलाएको अभियानमा कांग्रेसका केही केन्द्रीय सदस्य तथा सभासद पनि सहभागी छन् । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेपति हिन्दूराष्ट्रमा फर्काउने अभियानबाKhum-Bahadur-Khadkaरे पार्टीमा एजेन्डा प्रवेश गरेपछि मात्र ‘एक्सन’ मा जाने कांग्रेसले जनाएको छ । प्रवक्ता दिलेन्द्रप्रसाद बडूले केही नेता हिन्दू राष्ट्रका पक्षमा लाग्दैमा अहिले नै ‘एक्सन’ लिन आवश्यक नभएको बताए ।
ख्ड्काको अभियानबारे पार्टीमा छलफल चलाउन आवश्यक रहेको सभासद गगन थापाले बताए । पार्टीको घोषित नीति सबै धर्मप्रति समभाव भए पनि फरक मतको चित्ता बुझाउन पार्टी तयार हुनुपर्ने थापाको भनाइ छ ।
नयाँ पत्रिकाबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us