पत्रपत्रिकाबाट

अन्ततः फुट्ने भाे वैद्य माओवादी

२०७१ कार्तिक २५ गते २:११

काठमाण्डु, २५ कात्तिक  एकीकृत माओवादीलाई नवशसंशोधनवादीको आरोप लगाउँदै तीन वर्षअघि विभाजन भएको नेकपा–माओवादी पुनः विभाजनको संघारमा पुगेको छ । पार्टीभित्र अध्यक्ष मोहन वैद्यको राजनीतिक कार्यदिशालाई टक्कर दिई फरक मत राखेका सचिव नेत्रविक्रम चन्दले पार्टी बैठकसमेत बहिष्कार गर्न थालेपछि माओवादी विभाजनको संघारमा पुगेको हो ।...

सुशील ‘दा’ का सहयोगी एकपछि अर्को गरी टाढिँदै

२०७१ कार्तिक २५ गते २:१०

काठमाण्डु, २५ कात्तिक– प्रधानमन्त्री सुशील कोइरालाका पुराना सहयोगीहरु क्रमस: टाढिँदै गएका छन् । प्रधानमन्त्री नहुँदैदेखि साथ दिँदै आएका अनुभवी नेताहरु पनि कोइरालासँग चिढिएका छन् । कुनैबेला सरकार र सरकार चलाउने कोइरालाका खास सल्लाहकार मानिने कांग्रेस प्रवक्ता दीलेन्द्र बडू, संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगाना, दीलबहादुर...

अभियुक्त नै महाप्रबन्धक !

२०७१ कार्तिक २५ गते २:०७

काठमाण्डु, २५ कात्तिक– बैंकिङ कसुरमा मुद्दा खेपिरहेका र पदावधि सकिएका एनआईडीसी विकास बैंकका पूर्वमहाप्रबन्धक शिवजीराय यादव अझै उक्त संस्थाको महाप्रबन्धक र सञ्चालकका रुपमा काम गर्दै आइरहेका छन् । एक वर्षअघि पदावधि सकिएका ,राष्ट्र बैंकबाट जरिवानमा परेका र बैंकिङ कसुरमा मुद्दा खेपिरहेका यादव एनआईडीसी बैंकको...

अविवाहित कोइरालाले बनाए सुजातालाई ‘फस्ट लेडी’

२०७१ कार्तिक २५ गते १:५४

काठमाण्डु, २५ कात्तिक– सार्क शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेत्री  सुजाता कोइरालालाई ‘फस्ट लेडी’ राख्ने भएका छन् । अविवाहित प्रधानमन्त्री कोइरालाले सुजातालाई प्रथम महिलाका रुपमा सार्क सम्मेलनमा सहभागी गराउने निर्णय गरेका हुन । प्रधानमन्त्री कोइरालाले सुजाताको नाम प्रस्ताव गरी परराष्ट्र मन्त्रालयमा पठाएका...

विदेशीलाई बनाए अर्थमन्त्रीले महानिर्देशक

२०७१ कार्तिक २५ गते १:३३

काठमाण्डु, २५ कात्तिक– अर्थमन्त्री रामशरण महतले चोर बाटो बाट अर्थ मन्त्रालयमा काजमा ल्याइएका विवादास्पद सहसचिव भरत सुवेदीलाई राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकको जिम्मेवारी दिएका छन् । महतले मन्त्रीस्तरीय निर्णयबाट पटक–पटक आर्थिक विवादमा पर्दै आएका सुवेदीलाई मुलुकभरको भन्सार कार्यालयमा हुने राजस्व चुहावट र भन्सार छलीको छानबिन...

घुसकाण्डमा भन्सार प्रमुखकै संलग्नता

२०७१ कार्तिक २४ गते १:४५

काठमाण्डू, २४ कात्तिक– सुन तस्करमा पक्राउ परेका भारतीय नागरिक अभिषेक सरकारलाई छुटाउनका लागि घुस लिने कार्यमा त्रिवि विमानस्थल भन्सार कार्यलयका प्रमुखको नै संलग्नता रहेको तथ्य खुलेको छ । घुस लिँदालिँदै गत शुक्रबार राति पक्राउ परेका विमानस्थल भन्सार कार्यलयका नासु हरिवंश कार्की र सुरेश थपलियाले...

सलमानसँग रोमान्स गर्ने दीपिकाको रहर

२०७१ कार्तिक २४ गते १:४३

काठमाण्डू, २४ कात्तिक–उनीसँग स्क्रिन सेयर गर्न प्राय: नायिक लालायित हुनु स्वभाविक हो । उनी भने धेरैजसो नयाँ नायिक भित्र्याउन कहलिएका छन् । पुराना वा चल्तिका नायिकालाई खासै वास्ता नगर्ने सलमान खानसँग यतिबेला दीपिका पादुकोणले फिल्म खेल्ने इच्छा देखाएकी छन् । दीपिका अहिलेकी हिट नायिकको रुपमा...

लोकमानसिंह कार्की जंगबहादुर बन्न खोजेको सभासदको आरोप

२०७१ कार्तिक २४ गते १:३२

काठमाण्डु, २४ कात्तिक– व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा अधिकांश सभासदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीप्रति आलोचना गर्दै समितिलाई अख्तियारसँग सोधपुछ गर्ने अधिकार भएको बताएका छन् । ककाठमाण्डु नगरपालिकाले बनाउन लागेको ‘काठमाण्डु टावर’ मा अख्तियारले दिएको निर्देशनबारे छलफलमा उनीहरुले अख्तियारले आफूलाई सबैभन्दा ठूलो निकाय...

१ अर्ब ८२ करोड कामै नगरी झ्वाम

२०७१ कार्तिक २४ गते १:१४

काठमाण्डु, २४ कात्तिक– शिक्षा मन्त्रालयले सरकारी विद्यालय भवन तथा शौचालय निर्माणका लागि गत वर्ष निकासा भएको १ अर्ब ८२ करोड रुपैयाँ कामै नगरी सकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । शिक्षा पत्रकार सन्जाल र लुनिभाले आइतबार  गरेको कार्यक्रममा महालेखा परीक्षक कार्यालयका प्रबक्ता बाबुराम गौतमले...

देउता रिसाउँछ भनेर दूध बेच्दैनन् किसान

२०७१ कार्तिक २४ गते १:०५

काठमाण्डु, २४ कात्तिक– दूध बेच्दा देउता रिसाउछन् भन्ने अन्धविश्वासले बैतडीका प्रयाः गाविसमा दुग्धजन्य पदर्थको कारोबार शून्य हुने गरेको छ । शिवनाथ, कुलाउ, महाकली, पञ्चेश्वरलगायतका अधिकांश गाविसका कृषकहरुले मनग्ये दूध उत्पादन गरे पनि बजारमा दूध बेच्न मान्दैनन् । सदरमुकाम नजिक पर्ने केही गाउँका कृषकले भने...

तालिम नै नलिई गाडी चलाउँछन् चालक

२०७१ कार्तिक २४ गते १:०२

काठमाण्डु, २४ कात्तिक– नेपालका सडकमा गुड्ने सार्वजनिक सवारी साधानका चालकले लाइसेन्स लिँदा सिकेकै भरमा यात्रुको जीवन आफ्नो हातमा लिन्छन् । न त यातायात व्यवसायी, न सरकार कसैले पनि सार्वजनिक सवारीका चालकलाई सडक व्यवहार र संवेदनशीलता सिकाउने तालिम दिन चासो दिएका छैनन् । सरकारले लाइसेन्स...

सहरमै बन्दुक पड्काउने विप्लवको चेतावनी

२०७१ कार्तिक २३ गते १:५३

चितवन, २३ कात्तिक– नेकपा– माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरुलाई पाखा लगाएर संविधान बनाए सहरमै बन्दुक पड्काउने चेतावनी दिएका छन् । क्रान्तिकारी पत्रकार महासंघ चितवनले शनिबार नारायणगढमा गरेको पत्रकार सम्मेलनमा नेता विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘अबको हाम्रो आन्दोलन भूमिगत हुँदैन, खुल्लारुपमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us