अविवाहित कोइरालाले बनाए सुजातालाई ‘फस्ट लेडी’

काठमाण्डु टुडे २०७१ कार्तिक २५ गते १:५४ मा प्रकाशित

sujataकाठमाण्डु, २५ कात्तिक– सार्क शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री सुशील कोइरालाले कांग्रेस नेत्री  सुजाता कोइरालालाई ‘फस्ट लेडी’ राख्ने भएका छन् । अविवाहित प्रधानमन्त्री कोइरालाले सुजातालाई प्रथम महिलाका रुपमा सार्क सम्मेलनमा सहभागी गराउने निर्णय गरेका हुन । प्रधानमन्त्री कोइरालाले सुजाताको नाम प्रस्ताव गरी परराष्ट्र मन्त्रालयमा पठाएका छन् ।
प्रधानमन्त्री कार्यलयको स्रोतले ‘प्रधानमन्त्रीले सुजाताको नाम परराष्ट्रमा पठाइसकेको र सार्कमा फस्ट लेडीका रुपमा उनी सहभागी हुने’ जानकारी दियो । सार्कका राज्य तथा सरकार प्रमुखको अतिथि सत्कार तथा अन्य समारोहमा सुजाताले ‘फस्ट लेडी’को हैसियत प्राप्त गर्नेछिन ।
कोइराला परिवारमा नेतृत्व र उत्तराधिकारीबारे शीतयुद्ध चलिरहेको बेला सुजाता भने प्रधानमन्त्रीको आशीर्वाद पाउन सफल भएकी छन् । सुजाताको आधिकारिक दायित्व र हैसियतबारे प्रष्ट पारिएको छैन । सुजाताको यो ‘सेरेमोनियल’ हैसियतले कांग्रेसभित्र उनको हैसियत भने उकासिने छैन । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि सुजातालाई फस्ट लेडीका रुपमा विभिन्न समारोहमा सहभागी गराएका थिए ।

अन्नपूर्ण पोस्ट दैनिकबाट

 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us