सहरमै बन्दुक पड्काउने विप्लवको चेतावनी

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते १:५३ मा प्रकाशित

biplavचितवन, २३ कात्तिक– नेकपा– माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले आफूहरुलाई पाखा लगाएर संविधान बनाए सहरमै बन्दुक पड्काउने चेतावनी दिएका छन् ।

क्रान्तिकारी पत्रकार महासंघ चितवनले शनिबार नारायणगढमा गरेको पत्रकार सम्मेलनमा नेता विप्लवले यस्तो चेतावनी दिएका हुन् । ‘अबको हाम्रो आन्दोलन भूमिगत हुँदैन, खुल्लारुपमा हुन्छ । यो पटक गाउँमा होइन सहरमा बन्दुक पड्कनेछन्’ उनले भने, ‘राज्यको सेतो बन्दुकमात्रै हामीलाई मान्य छैन, रातो बन्दुक पनि चाहिएको छ ।’

माओवादीले फेरि बन्दुक बोक्न लागेको नबुझ्न आग्रह गर्दै नेता चन्दले राज्यको व्यवहारका कारण सम्भव हुने बताए । ‘राज्यको कारणले युद्ध सम्भव हुन्छ । विश्वको शक्तिशाली मुलुक अमेरिकाविरुद्ध त युद्ध भएको छ भने नेपालमा युद्ध हुनु अस्वाभाविक छैन’, उनले भने, ‘‘युद्धबाट जनता तर्सेका छैनन्, मिडियामात्र तर्सेका हुन् ।’
अन्नपूर्ण पोष्टबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us