भारतबाट थप १७० मेगावाट बिजुली ल्याइने

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते १:३२ मा प्रकाशित

काठमाडु, २३ कात्तिक– हिँउदमा हुने लोडसेडिङलाई दैनिक १२ घण्टा कायम गर्न विद्युत् कम्पनीले भारतको पावर टे«डिङ कर्पारेसन (पीटिसी) लिमिटेडसँग १७० मेगावाट सम्म बिजुली खरिद गर्ने भएको छ ।
प्राधिकरण र पीटिसीका अधिकारीबीच बुधबार नयाँदिल्लीमा खरिद–बित्रःी सम्झौता भएको हो । पीटिसीले मंसिर १५ देखि थप बिधुत उपलब्ध गराउने छ ।
पीीटसीबाट व्यापारिक दर प्रतियुनिट ७.९२ रुपैयाँ (४.९५ भारु) मा प्राधिकरणले विद्यत् ल्याउने छ । विधुत आदानप्रदान सम्झौता अनुसार भारतबाट सस्तो दरमा विद्यत आयत भइरहेको छ ।
सम्झौता अनुसार पीटीसीले १२५ मेगावट चौबीसै धण्टा र बाँकी ४५ मेगावट प्राधिकरणको माग अनुसाार चाहेको बेलामा उपलब्ध गराउने छ ।यो वर्ष प्राधिकरणले पीटीसीका अतिरिक्त भारतको नर्थ बिहार पावर डिस्ट्रिव्यसन कम्पनी लिमिटेड, उत्तरप्रदेश इलेक्ट्रिसिटीबोर्ड र उत्तरखण्ड इलेक्ट्रिसिटी बोर्डबाट बिजुली खरिद गर्दैछ । गत वर्ष ०७०÷०७१ मा भारतबाट आठ अर्व २५ करोड रुपैयाँ बराबरको बिजुली आयत गरिएको थियो ।

भाारतबाट बिधुत आयत गर्दा हुने नोक्सान सरकारले बेहार्दै आएको छ । हालसम्म प्रसारण प्रणालीबाट २३७ मेगावट आयत गर्न सकिने भए पनि प्रसारण लाइन मर्मत तथा सुदृढीकरण गरेर २६० मेगावाटसम्म आयात हुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए । ‘यसपटक पीटीसीसँग १२५ मेगावाट चौबीसै घण्टा आपूर्तिको प्रतिवद्धता गराएका छौँ’  उनलेृ भने ‘बाँकी विद्युत आवश्यकता अनुसार आयत हुनेछ ।
यसअधि सम्झौता गरे पनि भारतले पूरा बिजुली दिने गरेको थिएन । यो वर्ष प्राधिकरणले १३ नाकाबाट विद्युत आयत गर्नेछ । हाल कटैया, जलेश्वर, रक्सौल,रामनगर र टनकपुर लगायत १० नाकाबाट विद्युत आयत भइरहेको छ । कटैया–कुसाह १३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेकोले यो लाइनबाट थप १२५ मेगावाट बिजुली आयत हुनेछ ।

कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us