काठमाण्डुमा मर्निङवाक गर्नु हुन्छ ? धेरै बाँच्न मन भए अब नगर्नुस्

काठमाण्डु टुडे २०७१ कार्तिक २२ गते २:२५ मा प्रकाशित

morning walkकाठमाण्डु, २२ कात्तिक– यदि तपाईं काठमाण्डु उपत्यकाको सहरी क्षेत्रमा बस्नुहुन्छ र स्वस्थ शरीरका लागि बिहानबेलुका हिँडडुल गर्दै आउनु भएको छ भने अब नगर्न चिकित्सक तथा वातावरणविदहरुको सुझाव छ ।
काठमाण्डु उपत्यकाको सहरी क्षेत्रभित्र फोक्सोसम्म सीधै पस्नसक्ने धूलोका कणको मात्रा बिहान बेलुकाको समयमा अत्याधिक पाइएको छ । बाहृय वायुमा पाइने दुई दशमलव पाँच माइक्रोमिटर भन्दा कम आकारका धुलोका कणहरु श्वास लिँदा सोझै फोक्सोमा पुग्ने गर्छन् ।
नेपालले दुई दशमलब पाँच माइक्रोमिटरसम्मको धूलोको कणको मात्रा ४० माइक्रोग्राम प्रतिघनमिटर सम्मलाई सामान्य माने पनि उपत्यकाको बिहानको हावामा यसको मात्रा ८० दशमलब ५ सम्म पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले उपत्यकाको हावाको प्रदुषणको अवस्थाबारे गरिरहेको अनुसन्धानले उपर्युक्त तथ्य पत्ता लगाएको छ ।
२०७० फागुनदेखि २०७१ साउनसम्म गरिएको हावाको मापनअनुसार मासिक औसत फागुनमा सबैभन्दा उच्च माइक्रोग्राम प्रतिघनमिटर पाइएको थियो भने २०७१ साउनमा सबै भन्दा कम माइक्रोग्राम प्रतिघनमिटर पाइएको थियो ।
उपत्यकाको वातावरणसम्बन्धी जानकारी दिंदै नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा. खेमबहादुर कार्कीले काठमाण्डु उपत्यकाको वायुमा दुई दशमलब पाँच पाइक्रोमिटरभन्दा कम आकारका धूलोका कणहरु बिहान ६ बजेदेखि ९ बजेसम्म नेपालका बाहृय वायुसम्बन्धी राष्ट्रिय मापदण्डभन्दा दुई गुणा बढी पाइएको बताए ।
गेरखापत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us