फेसबुकबाटै सरकार गठन !

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते १:५१ मा प्रकाशित

facebookएजेन्सी–यमनका नयाँ प्रधानमन्त्री खालिद बहमहले फेसबुकमार्फत् सरकार गठनको प्रयास अगाडि बढाएका छन् । उनले फेसबुक प्रयोगकर्ता जनतासँग सरकारमा सामेल गर्न सकिने नेताहरुको नाम मागेका छन् ।
गतसाता फेसबुक पोस्टमा ३३ हजार फ्लोअर्ससँग मुलुकको नयाँ राष्ट्रिय एकता सरकारका लागि को को उपयुक्त नेताहरु हुन सक्ने भन्दै सार्वजनिक सुझावको आह्वान गरेका थिए । उक्त पोष्टमा १३ हजारभन्दा बढी कमेन्ट आयो ।

यसबाट सरकार गठनमा सोसल मिडियाको प्रयोगलाई लिएर बहस सुरु भएको छ । नागरिककले प्रधानमन्त्रीलाई हजारौँ नामको सुझाव दिएका छन् । केहीले उनको यस कदमको खुलेर प्रशंसा गरेका छन् ।
‘मलाई लाग्दछ तपाइँ विश्वको पहिलो प्रधानमन्त्री हो जसले टेक्नोक्रयाटिक सरकार बनाउनु अघि जनतासँग सुझाव मागेका हुन’ एक कमेन्टमा भनिाएको छ ‘निर्णय लिने प्रक्रियामा सहभागी गराउनु भएकोले यसबाट नागरिकमा तपाईंप्रति विश्वास बढ्ने छ ।’

सामाजिक कार्यकर्ता फरिया अल मुस्लिमीले त्यहाँका नेताहरुलाई दुलोमा बसेर ठूलो स्वरमा कराउने मुसाको उपाधि दिएका छन् । ‘प्रयाःजसो घरमा लुकेर बस्ने यमनको नीीत–निर्माता समस्यामा पसेको बेला मात्र बाहिर आउँछन्’, उनले भनिन, ‘उनीहरु योजना बनाउने र नीति तय गर्न बेलामा अगाडि आउँदैनन् ।’ केहीले प्रधानमन्त्रीको पोस्टमा हास्यका तत्त्वहरु देखेका छन् । ‘के हामी चीनबाट रेडिमेट सरकार आयात गर्न सक्दैनौँ’, एक प्रयोगकर्ताले भने ।

यमनमा अगस्टमा तेलको मूल्यमा छुट बन्द गरिएपछि विरोध भएको थियो । त्यसपछि यो सरकार बन्न लागेको हो
कान्तिपुर दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us