खाजा पसलमा यौन क्रियाकलाप

काठमाण्डु टुडे २०७१ कार्तिक २३ गते १:४३ मा प्रकाशित

चितवन, २३ कात्तिक– खाजा खुवाउने पसलमा यौन क्रियाकलाप गरेको आरोपमा चितवन प्रहरीले दुई पुरुषसहित आठजनालाई पक्राउ गरेको छ ।
शुक्रबार साँझ भरतपुरका दुई खाजा पसलबाट उनीहरुलाई पक्राउ गरिएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

प्रहरीले भरतपुर नगरपालिका–९ स्थित केन्द्रीय बसपार्कमा रहेको कालिगण्डकी खाजा घरबाट ३६ वर्षकी एक महिला १८ वर्षका दुई युवतीसहित २६ वर्षको एकजना युवकलाई समाएको छ । सो खाजा घरका साहूले केश मिलाउनपर्योज भन्दै प्रहरीलाई पाँच हजार रुपैयाँ घूस दिन लागेको पनि प्रहरीको भनाइ छ ।
त्यस्तै भरतपुर नगरपालिका–१० हाकिमचोकमा रहेको प्रियंका खाजा घरबाट प्रहरीले देहव्यपारमा संलग्न भएको आरोपमा थप चारजनालाई पक्राउ गरेको छ । प्रहरीले ३५ वर्षकी एकजना महिला २३ र २४ वर्षका दुई युवती तथा ३५ वर्षका पुरुषलाई समाएको हो ।
नागरिक दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us