सुनसरी, १३ मंसिर– आफ्नै विवाहको भोज खाएका बेहुला अस्पतालमा भर्ना भएका छन् । विवाहको अघिल्लो दिन कसार बटार्ने कार्यक्रमको भोज खाएका मोरङ सिसवनी बडहरा– ६ का बेहुला टेकेन्द्र फुँयाल अस्पतालमा भर्ना भएका हुन् । भोजका कारण बिरामी हुनेको संख्या ४६ पुगेको छ । विराटनगरको...
काठमाण्डु, १३ मंसिर– कांग्रेस–एमालेले संविधानसम्बन्धी नौ बुँदे साझा प्रस्तावलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानसभामा पठाउन पहल गर्ने निर्णय गरेका छन् । ७ प्रदेशको संघीय संरचना, संसदीय शासनप्रणालीलगायतका विषयमा अघि सारिएको साझा प्रस्ताव संवाद समितिमा अड्केको छ । ‘नौ बुँदे प्रस्तावमा अडिग रहने...
काठमाण्डु, १२ मंसिर– प्रधानमन्त्री सुशील कोइरालाले तोकेको समयमै संविधान जारी हुने बताएका छन् । सार्क शिखर सम्मेलन समापन भएपछि पत्रकारहरुमाझ उनले यस्तो धारणा व्यक्त गरेका हुन् । ‘हामी सहमतिमै संविधान जारी गर्ने प्रयासमा छौं’, उनले भने, ‘नेपालीहरुले आफ्नो तबरबाट यसको निर्णय लिनेछन् ।’ नेपालको...
काठमाण्डु, १२ मंसिर– मंगलबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको मन्तव्यपछि एमाले अध्यक्ष केपी ओली सबैभन्दा बढी तनावमा देखिएका छन् । मोदीको भाषणले प्रधानमन्त्री बन्ने आफ्नो योजनामा गम्भीर ठेस लागेको निष्कर्ष निकाल्दै ओलीले चिन्ता जनाएको सूत्रहरूले बताएका छन् । भारतको लगानीमा निर्मित राष्ट्रिय ट्रमा...
काठमाण्डु, १२ मंसिर – सार्क सम्मेलनको दोस्रो दिन रिट्रिटमा धुलिखेल पुगेका राष्ट्र/सरकार प्रमुखहरुले शाहकारी खाना खाएका छन् । खानाका सबै परिकारहरु नेपाली रहेका थिए । भारतीय विदेश मन्त्रालयका प्रवक्ताले ट्वीटरमार्फत रिट्रिट मेनु सार्वजनिक गरेका हुन् । रिट्रट मेनुमा विभिन्न परिकारहरु राखिएको थियो । रातो,...
काठमाण्डु, १२ मंसिर–सार्क सम्मेनको उदघाटन समारोहमा हेराहेरसमेत नगरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले समापन समारोहमा हात मिलाएर सबैलाई चकित बनाए । त्यसको चाँजोपाँजो प्रधानमन्त्री सुशील कोइरालाले मिलाए । सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखमध्ये मोदी र सरिफ मिडियाको निशनामा...
सिन्धुपाल्चोक, १२ मंसिर – फुल्पिङडाँडा–५ र ८ बिञ्ज्याल गाउँका किसानले दूध बेचेर वार्षिक करोड रुपैयाँ आम्दानी गर्दै आइरहेका छन् । किसानहरुले वार्षिक तीन लाख लिटरभन्दा बढी दूध बिक्री गरी उक्त रकम गाउँमा भित्र्याएका हुन् । घरमै बसेर आफ्नो खेतीपाती धान्दै पालेका गाईभैंसीको दूध बेचेर फुल्पिङडाँडा–८...
काठमाण्डु, १२ मंसिर– डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गर्नुहुन्छ ? गर्नुहुन्छ भने सतर्क रहनुहोला । नेपालसहित विश्वभर सक्रिय अन्तर्राष्ट्रिय आपराधिक गिरोह तथा ह्याकर र चिनजानकै मानिसले तपाइँको खाता अनधिकृत रुपमा चलाइराखेका हुन सक्छन् । त्यस्ता शंकास्पद व्यक्तिले ‘डेबिट/क्रेडिट कार्ड अकाउण्ट’ बाट रकम तथा...
ढाका, ११ मंसिर– बंगलादेशका एक वरिष्ठ राजनेता अब्दुल लतिफ सिद्दिकीलाई हज यात्राको आलोचना गरेकोमा कारागार चलान गरिएको छ । देशभर भएको विरोधका कारण उनी आफै प्रहरीकोमा पुगेका थिए । मुस्लिम समूदायको भावनामा चोट पुर्याएको अभियोगमा उनीविरुद्ध अदालतमा २० भन्दा बढी मुद्दाहरु विचाराधीन छन् ।...
वीरगन्ज, ११ मंसिर– नेपालको राजधानी काठमाण्डु सार्कमय भइरहेका बेला वीरजन्जमा भने बुधबार मिठाई वितरण गरिएको छ । त्यो पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणको विषयमा । सार्क शिखर सम्मेलनमा भाग लिन काठमाण्डु आएका मोदीले संविधान बहुमतका आधारमा नभर्इ सहमतिका आधारमा बनाउनुपर्ने सुझाव दिएपछि मधेसी जनअधिकार...
काठमाण्डुु, ११ मंसिर– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रहरी प्रतिष्ठान निर्माणका लागि आठ अर्ब ७९ करोड रुपैयाँ उपलब्ध गराएसँगै नेपाल प्रहरीको वृत विकासमा ठोस टेवा पुग्ने आशा पलाएको छ । १७ वर्षअघि तत्कालीन प्रहरी महानिरीक्षक मोतीलाल बोहोराले भारतसमक्ष अत्याधुनिक प्रहरी प्रतिष्ठान बनाउन सहयोगको प्रस्ताव गरेका...
काठमाण्डु, ११ मंसिर–सार्क शिखर सम्मेलन उद्घाटनसत्र समापन भएको घोषणासँगै सदस्य राष्ट्र तथा सरकारप्रमुख आ–आफ्नो स्थानबाट उठेर सभागृह बाहिर निस्कन थाले । सार्कका अध्यक्ष प्रधानमन्त्री सुशील कोइरालाभन्दा दाया बसेका भारतीय प्रधानमन्त्री नरेन्न्द्र मोदी आफू बसेको स्थानबाट उठेर केहीबेर अडिए, त्यसपछि पनि उनी बाहिर निस्कन...