मोदीको भाषण सुनेर मिठाई वितरण

काठमाण्डु टुडे २०७१ मंसिर ११ गते २:३९ मा प्रकाशित

वीरगन्ज, ११ मंसिर– नेपालको राजधानी काठमाण्डु सार्कमय भइरहेका बेला वीरजन्जमा भने बुधबार मिठाई वितरण गरिएको छ । त्यो पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाषणको विषयमा ।

सार्क शिखर सम्मेलनमा भाग लिन काठमाण्डु आएका मोदीले संविधान बहुमतका आधारमा नभर्इ सहमतिका आधारमा बनाउनुपर्ने सुझाव दिएपछि मधेसी जनअधिकार फोरम नेपाल पर्साले सर्वसाधरणलाई मिठाई वितरण गरेको हो ।

नेपालमा भएका माओवादी जनविद्रोह, मधेस आन्दोलन, आदिवासी जनजातिलगायतका विभिन्न परिवर्तनकारी शक्तिहरुको सहयोगमा संविधान बनाए मात्र देशमा शान्ति र अमनचैन हुने धारणा मोदीले राखेका कारण उनको भनाइ स्वागतयोग्य भएको हुनाले मिठाई बाँडिएको मधेसी जनअधिकार फोरम नेपाल, पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

फोरम कार्यकर्ताले दिउँसाे वीरगन्जको घण्टाघर र त्यसआसपासका चोकमा मिठाई वितरण गर्दै खुसीयाली साटासाट गरेको यादवले बताए ।

नेपाल समचारपत्र दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us