काठमाण्डु, ११ मंसिर–सार्क शिखर सम्मेलन उद्घाटनसत्र समापन भएको घोषणासँगै सदस्य राष्ट्र तथा सरकारप्रमुख आ–आफ्नो स्थानबाट उठेर सभागृह बाहिर निस्कन थाले ।
सार्कका अध्यक्ष प्रधानमन्त्री सुशील कोइरालाभन्दा दाया बसेका भारतीय प्रधानमन्त्री नरेन्न्द्र मोदी आफू बसेको स्थानबाट उठेर केहीबेर अडिए, त्यसपछि पनि उनी बाहिर निस्कन चाहेनन् ।
मोदी कोइरालको छेवैमा आए र केही बेर हात हल्लाई–हल्लाई कुरम थर्न थाले । त्यो भलाकुसारी झन्डै दुई मिनेट चल्यो ।
कोइरालाको बायाँ बसेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ जब सभागृह हलबाट बाहिर निस्किए, बल्ल मोदी भलाकुसारी छाडेर हिँडे ।
यो संयोग पनि हुन सक्छ तर सरिफसँग आमनेसामने नहुन मोदीले कोइरालासँग अडिएको धेरैले अनुमान लगाए ।
सम्बन्ध चिसिएका साकृका दुई शक्तिशाली मुलुक भारत र पाकिस्तानका सरकार प्रमुखले सम्मेलन हलमा आउँदा ‘हात मिलाउने’ सामान्य सिष्टचर पनि पूरा गरेनन् ।
सार्क सम्मेलनको अध्यक्षले कुनै पनि राष्ट्र तथा सरकार प्रमुखलाई मन्तव्यका लागि आमन्त्रण गरेर ड्यासतिर जाँदा तालीले स्वागत गर्नु शिष्टाचार मानिनछ ।
कोइरालाको आमन्त्रणपछि सरिफ जब ड्यासतिर लागे, मोदीले त्यसलाई बेवास्ता गर्दै पत्रिका पढेर बसे ।
सुधारोन्मुख रहेको भारत पाकिस्तान सम्बन्ध गत अगस्टदेखि फेरी चिसिएको हो । यसअघि गत मे मा मोदीको सपथग्रहण समारोहमा सहभागी हुन सरिफ नयाँदिल्ली पुगेका थिए ।
अन्नपूर्णपोस्ट दैनिकबाट